असार १५, २०८३ सोमबार June 29, 2026

कृषि क्षेत्रको विकास र किसानका समस्या समाधान होस् : अध्यक्ष दाहाल

श्रमजीवी किसानको अथक मेहनत, पसिना र समर्पणबाट नै राष्ट्रको खाद्य सुरक्षा तथा समृद्धिको आधार निर्माण हुने भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

ललितपुर, १५ असारः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)ले कृषि क्षेत्रको विकास र किसानका समस्या समाधानलाई प्राथमिकतामा राख्न सरकारसँग आग्रह गर्नुभएको छ ।

राष्ट्रिय धान दिवस तथा रोपाइँ दिवस २०८३ का अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै उहाँले कृषि नेपाली अर्थतन्त्रको मुख्य मेरुदण्ड भएकाले श्रमजीवी किसानको अथक मेहनत, पसिना र समर्पणबाट नै राष्ट्रको खाद्य सुरक्षा तथा समृद्धिको आधार निर्माण हुने धारणा व्यक्त गर्नुभएको छ ।

संयोजक दाहालले रोपाइँको मुख्य समयमा किसानले सहज रूपमा रासायनिक मल, गुणस्तरीय बीउबिजन, सिँचाइ सुविधा तथा आवश्यक कृषि सामग्री प्राप्त गर्ने वातावरण सुनिश्चित सरकारलाई सुझाव दिनुएको छ ।

उहाँले कृषि उत्पादन वृद्धि, किसानको जीवनस्तर सुधार र आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि किसानमैत्री नीति तथा कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

पूर्वप्रधानमन्त्री दाहालले राष्ट्रिय धान दिवस तथा रोपाइँ दिवसले कृषि र किसानप्रतिको सम्मान बढाउने, उत्पादन वृद्धिको नयाँ सङ्कल्प जगाउने तथा कृषि क्षेत्रको समग्र विकासमा सकारात्मक ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया