वैशाख २३, २०८१ आइतबार May 5, 2024

ज्ञानेन्द्र शाहीमाथी हमला गर्नेको नामसहित मानवअधिकार आयोगमा उजुरी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नेकपा अध्यक्ष प्रचण्ड, पर्यटनमन्त्री योगेश भट्टराई, मेयर रेणु दाहाल र चितवनका एसपी दान बहादुर मल्ल बिरूद्ध राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दर्ता भएको छ ।

शनिवार चितवनको चौबिसकोठीमा ज्ञानेन्द्र शाहीमाथी सांघातिक आक्रमण हुनुमा नेकपा अध्यक्ष प्रचण्ड, पर्यटनमन्त्री योगेश भट्टराई, मेयर रेणु दाहाल र चितवनका एसपी दान बहादुर मल्ल मुख्य जिम्मेवार  भएको भन्दै राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दर्ता गरेको हो ।

नेपालका लागि नेपाली अभियानका संयोजक अधिवक्ता डा. सुरेन्द्र भण्डारीको नेतृत्वमा गएको टोलीले आईतबार पूल्चोक हरिहरभबन स्थित राष्ट्रिय मानवअधिकार आयोगका निर्देशक मुरारी प्रसाद खरेल समक्ष लिखित उजुरी दर्ता गरेका थिए ।

नेपालका लागि नेपाली अभियानका अभियन्ता ज्ञानेन्द्र शाहीमाथी शनिवार चितवनको चौबिसकोठीमा सांघातिक हमला भएको थियो । शाहीको ट्रमा सेन्टर अस्पतालमा उपचार भइरहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया