श्रावण २३, २०८३ शनिबार August 8, 2026

काँग्रेस इतरको राष्ट्रिय भेलाको तयारी गर्न ३२ समिति गठन

आर्थिक नीति सम्बन्धी तयारीको जिम्मेवारी डा. प्रकाशशरण महतलाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेपाली कांग्रेसको असन्तुष्ट पक्षले राष्ट्रिय भेलाको तयारीलाई तीव्रता दिँदै विभिन्न जिम्मेवारी समेटेर ३२ वटा समिति गठन गरेको छ।

राष्ट्रिय भेलालाई व्यवस्थित र प्रभावकारी बनाउन शीर्ष नेतादेखि प्रदेशस्तरका नेताहरूलाई विभिन्न समितिको जिम्मेवारी दिइएको प्रचारप्रसार समिति संयोजक मीन विश्वकर्माले जानकारी दिएका छन्। उनका अनुसार गठित सबै समितिले आफ्नो जिम्मेवारीअनुसार कामसमेत सुरु गरिसकेका छन्।

भेलाका लागि राजनीतिक प्रस्ताव तयारी समितिको संयोजकमा पूर्वउपसभापति विमलेन्द्र निधिलाई जिम्मेवारी दिइएको छ। त्यसैगरी सांगठनिक प्रस्ताव तयारी समितिको जिम्मेवारी पूर्वसहमहामन्त्री उमाकान्त चौधरीलाई दिइएको छ।

समसामयिक प्रस्ताव तयारी समितिको जिम्मेवारी केन्द्रीय सदस्य एनपी साउदलाई दिइएको छ भने विधान समितिको जिम्मेवारी रमेश लेखकलाई दिइएको छ। त्यस्तै, नेपाली कांग्रेसको आर्थिक नीति सम्बन्धी तयारीको जिम्मेवारी डा. प्रकाशशरण महतलाई दिइएको छ।

राष्ट्रिय भेलामा सहभागी हुने नेता तथा कार्यकर्ताको व्यवस्थापनका लागि विभिन्न समितिहरू गठन गरिएको छ। भोजन व्यवस्थापन समितिको जिम्मेवारी पूर्णबहादुर तामाङलाई दिइएको छ।

प्रचारप्रसार, व्यवस्थापन, प्रस्ताव तयारी, संगठन, विधान, आर्थिक नीति लगायतका विषयमा छुट्टाछुट्टै समिति बनाएर भेलाको तयारी अघि बढाइएको हो।

असन्तुष्ट पक्षले पार्टीभित्र देखिएका राजनीतिक, सांगठनिक तथा समसामयिक विषयमा छलफल गर्दै आगामी रणनीति तय गर्ने उद्देश्यले राष्ट्रिय भेला आयोजना गर्न लागेको हो। भेलामा पार्टीको वर्तमान अवस्था, संगठन सञ्चालन, नेतृत्व तथा समसामयिक राजनीतिक परिस्थितिका विषयमा छलफल हुने बताइएको छ।

समितिहरूलाई जिम्मेवारी बाँडफाँट गरेर तयारी अघि बढाइएकाले राष्ट्रिय भेलाका लागि आवश्यक प्रस्ताव तथा व्यवस्थापनसम्बन्धी काम क्रमशः अघि बढिरहेको आयोजक पक्षले जनाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
माङसेबुङका ११ विद्यालयमा लिम्बू र वान्तवा भाषा अनिवार्य
२०८३ श्रावण २३, शनिबार
राष्ट्र बैङ्कद्वारा आजका (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
२०८३ श्रावण २३, शनिबार
सरकारी सेवा प्रवाहमा प्रगति
२०८३ श्रावण २३, शनिबार
लायन्स डिस्ट्रिक्ट ३२५ के नेपालको प्रथम क्याबिनेट बैठक आजदेखि काठमाडौंमा
२०८३ श्रावण २३, शनिबार
रास्वपा सांसदकै घेराबन्दीमा सरकार
२०८३ श्रावण २३, शनिबार
आफ्नै सांसदको आलोचनाप्रति बालेन असन्तुष्ट, ‘एक्लै लड्नुपर्ने अवस्था आयो’
२०८३ श्रावण २३, शनिबार
काँग्रेस इतरको राष्ट्रिय भेलाको तयारी गर्न ३२ समिति गठन
२०८३ श्रावण २३, शनिबार