श्रावण ३०, २०८३ शनिबार August 15, 2026

आदिवासीको अधिकारको सवालमा एमाले प्रतिबद्ध छः अध्यक्ष ओली

एमालेले विगतदेखि समावेशी लोकतन्त्र, सामाजिक न्याय र समान अवसरको वकालत गर्दै आएको दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

इलाम । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संविधानले सुनिश्चित गरेको आदिवासी जनजातिको अधिकारको सवालमा आफ्नो पार्टी प्रतिबद्ध रहेको बताउनुभएको छ ।

इलामको सूर्योदय नगरपालिका–१० स्थित फिक्कलमा आजदेखि सुरु भएको पार्टीको जनसङ्गठन  लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उहाँले त्यस्तो बताउनुभएको हो ।

“आदिवासी जनजातिको अधिकार, भाषा, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धनका लागि एमाले सधैँ प्रतिबद्ध छ”, ओलीले भन्नुभयो, “सबैको सहअस्तित्वलाई बलियो बनाउँदै राष्ट्रिय एकतालाई थप मजबुत बनाउनुपर्छ ।”

एमालेले विगतदेखि समावेशी लोकतन्त्र, सामाजिक न्याय र समान अवसरको वकालत गर्दै आएको दाबी गर्दै अध्यक्ष ओलीले विभिन्न जातजातिका नाममा विभाजन र द्वन्द्व सिर्जना गर्नेभन्दा सबै समुदायलाई सहअस्तित्वका आधारमा अधिकार र अवसर प्रदान गर्दै राष्ट्रिय हितमा लाग्नुपर्ने बताउनुभयो ।

बैठकमा लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घको साङ्गठनिक अवस्था, आगामी कार्ययोजना, आदिवासी जनजातिको सवाल एवं समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
देशमा राष्ट्रिय सहमति आवश्यक छ : अध्यक्ष लिङ्देन
२०८३ श्रावण ३०, शनिबार
पाटन बारको अध्यक्षमा निरौला विजयी
२०८३ श्रावण ३०, शनिबार
कम्युनिष्ट एकताबिना मुलुकको समृद्धि र रक्षा सम्भव छैनः नेता गुरुङ
२०८३ श्रावण ३०, शनिबार
दाइजोका कारण कसैलाई अन्याय भए मलाई सम्पर्क गर्नुः उपसभामुख ठाकुर
२०८३ श्रावण ३०, शनिबार
विपद्पछिको पुनर्स्थापनालाई प्राथमिकताका साथ अघि बढाउन पूर्व राष्ट्रपति भण्डारीको आग्रह
२०८३ श्रावण ३०, शनिबार
पुराना नेपाली चलचित्रमा दर्शकको आकर्षण
२०८३ श्रावण ३०, शनिबार
आदिवासीको अधिकारको सवालमा एमाले प्रतिबद्ध छः अध्यक्ष ओली
२०८३ श्रावण ३०, शनिबार