श्रावण २९, २०८३ शुक्रबार August 14, 2026

ब्राउन सुगरसहित दुई जना पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः  बाँकेमा प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । नेपालगञ्ज उपमहानगरपालिका वडा नं १८ का प्रदीप खटिक र १६ जयसपुरकी २१ वर्षीया निशा खानलाई प्रहरीले पक्राउ गरेको हो ।

खटिकलाई नेपालगञ्ज– १४ उदयपुरबाट चार ग्राम र जयसपुरका बिलेदार खानकी २१ वर्षीया छोरी निशालाई भारतबाट नेपाल ल्याउँदै गरेका अवस्थामा १४ ग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका सादा पोशाकमा रहेका प्रहरी नायब निरीक्षक बमबहादुर रावलको नेतृत्वमा खटिएको टोली र लागुऔषध नियन्त्रण ब्युरोका प्रहरी नायब निरीक्षक प्रेमबहादुर अधिकारीसहितको संयुक्त प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको प्रदेश प्रहरीले जनाएको छ ।

अभियुक्तमाथि थप अनुसन्धान भइरहेको बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाले बताउनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
म्याग्दीमा एकीकृत कार्यालय व्यवस्थापन प्रणाली सुरु
२०८३ श्रावण २९, शुक्रबार
स्पेनिश कप २०२७ मा टर्कीमा हुने
२०८३ श्रावण २९, शुक्रबार
सडक सीमा पुनरावलोकन गर्न सभापति लामिछानेको ध्यानाकर्षण
२०८३ श्रावण २९, शुक्रबार
बंगलादेशका भावी राष्ट्रपतिमा बिएनपी उम्मेदवार आलमिगर सुनिश्चित
२०८३ श्रावण २९, शुक्रबार
एसियाली खेलकुदः क्यानोइङका विजय र आशिषले पोखरामा लिँदैछन् प्रशिक्षण
२०८३ श्रावण २९, शुक्रबार
पहिरोले घर पुरिँदा बाजुरामा एक जना बेपत्ता, दुई घाइते
२०८३ श्रावण २९, शुक्रबार
आजको मौसम : देशभर मनसुनी वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
२०८३ श्रावण २९, शुक्रबार