काठमाण्डाैंः बाँकेमा प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । नेपालगञ्ज उपमहानगरपालिका वडा नं १८ का प्रदीप खटिक र १६ जयसपुरकी २१ वर्षीया निशा खानलाई प्रहरीले पक्राउ गरेको हो ।
खटिकलाई नेपालगञ्ज– १४ उदयपुरबाट चार ग्राम र जयसपुरका बिलेदार खानकी २१ वर्षीया छोरी निशालाई भारतबाट नेपाल ल्याउँदै गरेका अवस्थामा १४ ग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका सादा पोशाकमा रहेका प्रहरी नायब निरीक्षक बमबहादुर रावलको नेतृत्वमा खटिएको टोली र लागुऔषध नियन्त्रण ब्युरोका प्रहरी नायब निरीक्षक प्रेमबहादुर अधिकारीसहितको संयुक्त प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको प्रदेश प्रहरीले जनाएको छ ।
अभियुक्तमाथि थप अनुसन्धान भइरहेको बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाले बताउनुभयो । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया