असोज २, २०८३ शुक्रबार September 18, 2026

कांग्रेसको मुख हेर्ने कि रुख ? – प्रह्लाद रिजाल

भूमिगत गिरोहको हर्ताकर्ता मानिएका शरदचन्द्र शाहका अनुयायीका शाखा-सन्तान अहिले कांग्रेसमा हावी भएका छन्

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

रूपान्तरित नपाली कांग्रेसका नेता तारामान गुरुङ आठ दिन प्रहरी हिरासतमा बसेर छुटेका हुन् । बैंकिङ कसुरमा उनी भदौ १८ गते पक्राउ परेका थिए । उनी दोर्जे शेर्पालाई ३३ लाख ५० हजार, रिगुज्याम्पु शेर्पालाई १४ लाख र सुनुर्प शेर्पालाई २४ लाख तिरेर भदौ २६ गते प्रहरी हिरासतबाट छुटेका हुन् । अहिले छुटे पनि आउँदा दिनले तारामान पेसेवर ठग हो भन्ने पुष्टि गर्दै जानेछ ।

नेपाल सकरकारका पूर्वराज्यमन्त्री गुरुङ गगन थापा नेतृत्वको रूपान्तरित कांग्रेसको अनुशासन समितिका संयोजक हुन् । ठगिएका पीडितसँग प्रहरीले मुद्दा नचलाई मिलापत्र गराएर छाडेको हो । प्रहरी हिरासतबाट छुटाएपछि रूपान्तरित कांग्रेसको अनुशासन समितिको संयोजकबाट उनले राजीनामा दिएको बताइएको छ । गुरुङले ती व्यक्तिहरूलाई घर दिने भनेर रकम लिएको र घर नदिएपछि उनीहरूलाई दिएको चेक बाउन्स भएको बताइएको छ । गुरुङ त्यस्ता लेनदेन झुट फरेव र ठगीका लागि खप्पीस मानिन्छन् । जंगे कांग्रेसको इज्जत जोगाउन पदाधिकारी लेबलबाट रकम र कुरा मिलाएर उनलाई छुटाएको बताइएको छ । गुरुङले त्यसरी झुक्याएर वा प्रलोभन दिएर लिएका रकम पनि उनलाई चिन्ने जान्नेहरू बताउँछन् । उनी यस्तै हर्कतमा रमाउने पात्रका रूपमा परिचित छन् ।

जंगे कांग्रेसले १४औँ महाधिवेसनबाट निर्वाचित कार्यसमितिलाई अवैधानिक विशेष महाधिवेशनको नाममा अपदस्थ गरेको थियो । जेनजी विद्रोहपछि त्यही लयमा जंगे कांग्रेसले नेपाली कांग्रेस कब्जा गरेर निर्वाचित सभापति शेरबहादुर देउवालगायत सिंगो कार्यसमितिलाई अपदस्थ गरेको थियो । त्यसपछि नेपाली कांग्रेसका जेलनेल भोगेका प्रजातन्त्र प्राप्तिको संघर्षमा निर्वासन भोगेका हरेक प्रजातान्त्रिक आन्दोलनमा सहभागी भएका निष्ठावान् नेता तथा कार्यकर्तालाई जंगे कांग्रेसविरुद्ध बोल्न र संगठित हुन नदिन र त्यसो गरे अनुशासनको डण्डा चलाएर कारबाही गर्न तारामान गुरुङको संयोजकत्वमा अनुशासन समिति बनाएको थियो ।

अनुशासन समितिको संयोजक बनेका गुरुङ पञ्चायतका एक पुख्र्यौली मण्डले हुन् । उनी निरङ्कुश पञ्चायत व्यवस्थाको अन्त्यतिर संखुवासभा जिल्लाको तत्कालीन मकालु गाउँ पञ्चायतको प्रधानपञ्च रहेका थिए । त्यसअघि उनका दाजु जिल्ला पञ्चायतका सभापति रहेका थिए । त्यसो त जेनजी विद्रोहपछि नेपाली कांग्रेस कब्जा गरेर बनेको गगन थापा नेतृत्वको जंगे कांग्रेसको सर्वोच्च नेता अर्जुन नरसिंह केसी नै २०४६ सालको पञ्चायत व्यवस्थाविरुद्धको ऐतिहासिक जनआन्दोलनको प्रतिकार समितिको संयोजक थिए भने उनले २०३२ सालमै बीपी कोइराला र गणेशमान सिंहलाई फाँसी दिन माग गरेका थिए ।

पञ्चायतका आसेपासे २०४६ मा प्रजातन्त्र पुनस्र्थापना भएपछि रङ्ग बदलेर नेपाली कांग्रेसमा प्रवेश गरेका थिए र त्यस्तै व्यक्तिहरूले २०८२ भदौ २३–२४ को जेनजी विद्रोहपछि संगठित रूपमा नेपाली कांग्रेस कब्जा गरेर जंगे कांग्रेस बनाएका थिए । पछि त्यसलाई रुख र चारतारा दिलाएर नेपाली कांग्रेस भनाउने प्रयास यद्यपि जारी नै छ । रुपान्तरित भनिएको कांग्रेसमा तारामानजस्तैको बाहुल्यता रहेको छ । उनकै अनुशासन समितिमा त पुख्र्यौली महिला बेचबिखानको आरोप लागेका पात्र पनि रहेका छन् ।

२०६१ साल साउनमा उसको बाउ पक्राउ परेको थियो, अहिले त्यो धन्दामा तीन पुस्ता जोडिएको आरोप लागेको छ । जंगे कांग्रेसले नेपाली कांग्रेस कब्जा गरेपछि अहिले त्यसमा पञ्चायतका मण्डले, सुराकी र पुराना पुलिसले भरिएको छ । निष्ठावान् कांग्रेसले त्यसलाई आत्मसात् गर्न सकिरहेका छैनन् ।

पञ्चायतकालमा चर्चामा आएको भूमिगत गिरोहको हर्ताकर्ता मानिएका शरदचन्द्र शाहका अनुयायीका शाखा-सन्तान अहिले कांग्रेसमा हावी भएका छन् । जेनजी विद्रोहका नाममा पार्टी सभापति देउवामाथि भएको सांघातिक आक्रमण प्रजातन्त्रको मन्दिर मानिएको कोइराला निवास, गणेशमान निवास, किसुनजीको आश्रममा भएको आगजनी, त्यही मौका पारेर भएको नेपाली कांग्रेस कब्जा एउटै कथाका फरक पानाहरू हुन् । अहिले बीपीका छोरा, गणेशमानका छोरा, किसुनजीका अनुयायीहरूलाई पन्छाएर मण्डलेहरूलाई हुलेर पार्टी भरिएको छ । बीपीको छोराको विकल्पमा एउटा मण्डले खडा गरिएको छ । कमल थापाको भान्जो लोकमानको ज्वाइँलाई गणेशमानको छोराको विकल्प बनाउन खोजिएको छ । किसुनजीको अनुयायीको विकल्पमा पूर्वप्रधानपञ्च र जंगे लठैतहरूलाई अघि सारिएको छ ।

२०४६ सालको अर्को एउटा प्रधानपञ्च असोज ३ गतेदेखि जंगे कांग्रेसमा जोडिने सम्भावना छ । किनकि उनीहरूको नाइटो जोडिएको छ । पूर्ण बहादुर खड्का अडानमा रहिरहने कुरामा पहिलेदेखि नै शंका थियो । विश्वप्रकाशजस्तो काइते नभए पनि प्रदीप पौडेजजस्तै रहस्यमय पात्र हुन् भन्ने अनुमान गर्नेले अनुमान गरेका छन् । मिनिस्टर मदन प्यासीका अनुयायी पौडेल सुकुमबासीको छोरो भएर पनि यत्तिकै करोडपति बनेका होइनन् । अहिले कांग्रेसका चार चण्डाल जस्ता छन्, तल्ला तह पनि त्यस्तै छन् । ती मण्डलेलाई कांग्रेस कब्जा गर्न सहज बनाउन अनुशासनको डण्डा चलाउने अधिकार दिइएका तारामानहरू लय नमिल्ने पात्र हुन सक्दैनथे । त्यसैले उनले त्यो सौभाग्य पाएका हुन् ।

जंगे–कांग्रेसको त्यो सिंगो जमातलाई पुराना त्यागी निष्ठावान्, जुझारु, जेलनेल प्रवास भोगेका नेता, कार्यकर्ता र नेताका परिवार अभिशाप हुनु अनौठो होइन । तर जसलाई दाग लागेको छ, त्यसले कतै आड लाग्न खोज्छ, संरक्षण खोज्छ । त्यस्ता दागीहरूलाई खड्काले जंगे कांग्रेसतिर मोडेका छन् । तर आफूले चाहिँ मुद्दा हालेकाले सायद अहिले रोकेको छ । मुद्दा सकिएपछि वरिष्ठ नेता बन्ने/बनाउने जो चर्चा सुरु भएको छ, त्यसलाई ठाडै नकार्न सकिने अवस्था छैन । विश्लेषकहरूले जंगे कांग्रेसका चार चण्डाल र खड्काले एउटै मूलको पानी खाने गरेको चर्चा गर्नेगरेका छन् । त्यहाँ पनि रुख र चारताराका भावनात्मक बहकावमा राम्रा इमान्दार निष्ठावान् कोही छैनन् भन्नचाहिँ सकिँदैन । तर जुन दिन भ्रमको पर्दा उध्रन्छ, त्यस दिन उनीहरू झल्याँस्स ब्युँझिनेछन् । तर अहिलेचाहिँ त्यहाँ मण्डलेतन्त्र नै हावी हुनेछ, कसैले टाउको फोरे पनि केही लाग्ने छैन । किनभने त्यहाँ तानाशाही पञ्चायत व्यवस्थामा काम गरेका र निरङ्कुश पञ्चायत व्यवस्थामा नदेखेका अर्थात् पञ्चायत ढलेपछि कांग्रेस बनेकाहरूको बाहुल्यता छ । संख्यात्मक रूपमा जेनजी होला तर सैद्धान्तिक र भावनात्मक रूपमा त्यहीँ नेपाली कांग्रेस देखिँदैन । तर पनि अहिले कार्यकर्ता पङ्तिमा कांग्रेसमा रुख हेर्ने कि मुख हेर्ने भन्ने द्विविधा रहेको पाइन्छ । पञ्चायतबाट कांग्रेस पसेका र पञ्चायतपछि कांग्रेस बनेका व्यक्तिहरू पुराना नेताहरू र उनीहरूको सन्तानको मुखै हेर्नु हुन्न, उनीहरूसँग हिँड्नु पनि हुँदैन, रुख र चारतार खोसेर यही हो कांग्रेस भनेर पेलेर जानुपर्छ भन्ने मान्यता राख्छन् ।

गएको चुनाबमा देउवाको नाम लिएर जान सकिँदैन भन्ने गगन–विश्व प्रकाशको त्यही मतले काम गरेको थियो । त्यही मतअनुसार नै बीपी, गणेशमान किसुनजी र शेरबहादुरका निवास जलेका थिए । रुख होइन मुख हेर्नुपर्छ , नेता पुत्रहरूलाई छाडेर कांग्रेस हुँदैन भन्ने अर्को मत रहेको छ । नेता पुत्रहरूको असहमतिले चुनावी टिकटमा आफूले हस्ताक्षर गर्न नपाएको पूर्ण बहादुरले त बताइसकेका छन् । अहिले खड्का र थापा दुवै पक्षका लागि नेतापुत्र घाँडो बनेका छन् । पार्टीभित्रको यही विवादमा कार्यकर्ता अन्यौलमा छन् । मुख हेर्ने कि रुख ? जहाँ निष्ठा छ त्यहाँ नेतृत्व छैन, जहाँ नेतृत्व त त्यहाँ निष्ठा छैन । तारामान गुरुङलाई सोध्यो भने रुख हेर्ने भन्लान् । भीमसेन दासलाई सोध्यो भने मुख हर्ने भन्लान् । फरक यही हो । आर्थिक दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
त्रिभुवन र कान्ति राजमार्गमा दुईतर्फी यातायात सञ्चालन
२०८३ असोज २, शुक्रबार
पूर्व मुख्य मन्त्री कृष्णचन्द्र नेपालीले सक्रिय राजनीतिबाट विश्राम लिने
२०८३ असोज २, शुक्रबार
तीस अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान
२०८३ असोज २, शुक्रबार
कांग्रेसको मुख हेर्ने कि रुख ? – प्रह्लाद रिजाल
२०८३ असोज २, शुक्रबार
‘संविधान पूर्णकार्यान्वयनका लागि तीन तहका सरकारबीच समन्वय आवश्यक’: मुख्यमन्त्री आचार्य
२०८३ असोज २, शुक्रबार
विद्यालयको पहुँचमै छैनन् २७ हजार बालबालिका
२०८३ असोज २, शुक्रबार
मन्त्रिपरिषद्को बैठक आज अपराह्न ३ बजे बस्दै
२०८३ असोज २, शुक्रबार