असोज १२, २०८३ सोमबार September 28, 2026

शिक्षामन्त्री पोखरेलसँग रुसका राजदूतको शिष्टाचार भेट

शिक्षा तथा खेलकुदका क्षेत्रमा नेपाल र रुसबीचको सहकार्यलाई थप विस्तार गर्नुपर्नेमा जोड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, १२ असोजः शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग नेपालका लागि रुसका राजदूत एलेक्सी भ्लादिमेरोभिकले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

सिंहदरबारस्थित शिक्षा तथा खेलकुद मन्त्रालयमा आज भएको उक्त भेटमा नेपाल र रुसबीचको द्विपक्षीय सम्बन्ध तथा आपसी हितका विषयमा छलफल भएको थियो । भेटमा शिक्षा, खेलकुद, जनशक्ति विकास, तथा अन्य पारस्परिक हितका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको थियो ।

भेटमा मन्त्री पोखरेलले नेपालको जनशक्ति विकासमा रुस सरकारले पु¥याउँदै आएको योगदान र सहयोगप्रति धन्यवाद व्यक्त गर्नुभयो । उहाँले शिक्षा तथा खेलकुदका क्षेत्रमा नेपाल र रुसबीचको सहकार्यलाई थप विस्तार गर्नुपर्नेमा जोड दिनुभयो ।

राजदूत भ्लादीमेरोभिकले नेपालको शिक्षा तथा खेलकुद क्षेत्रमा लगानी गर्न रुस इच्छुक रहेको बताउनुभयो । उहाँले यी क्षेत्रमा सहकार्यका नयाँ सम्भावना पहिल्याउँदै दुई देशबीचको सम्बन्धलाई थप मजबुत बनाउन सकिने धारणा राख्नुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रधान सेनापति ट्रफि शुभारम्भ
२०८३ असोज १२, सोमबार
अध्यक्ष लिङ्देनको अभिव्यक्तिविरुद्ध राप्रपाकै सात सांसद अदालत पुगे
२०८३ असोज १२, सोमबार
विशिष्ट व्यक्तिको पक्राउ नरोकिए सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड
२०८३ असोज १२, सोमबार
देउवा कांग्रेसले महाधिवेशनमा पदाधिकारीको उम्मेदवार बन्न तोक्यो शुल्क, सभापतिका लागि ३० हजार
२०८३ असोज १२, सोमबार
सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे
२०८३ असोज १२, सोमबार
शिक्षामन्त्री पोखरेलसँग रुसका राजदूतको शिष्टाचार भेट
२०८३ असोज १२, सोमबार
पूर्वप्रधानन्यायाधीश जबरालाई नियन्त्रणमा लिएको घटनामा सर्वोच्चको गम्भीर ध्यानाकर्षण
२०८३ असोज १२, सोमबार