असोज २१, २०८३ बुधबार October 7, 2026

कांग्रेस महाधिवेशन : नयाँ नेतृत्वका लागि उम्मेदवारको अन्तिम सूची सार्वजनिक

कांग्रेस महाधिवेशनमा नेतृत्व चयनको तयारी पूरा, अन्तिम सूची सार्वजनिक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि बिहीबार हुने निर्वाचनमा उम्मेदवारी दिएका नेताहरूको अन्तिम नामावली सार्वजनिक भएको छ।

निर्वाचन समितिले बुधबार राति उम्मेदवारहरूको अन्तिम सूची सार्वजनिक गरेको हो। उम्मेदवारी दर्ता, दाबी–विरोध तथा फिर्ता प्रक्रियापछि कायम भएका उम्मेदवारहरूको नामावली समितिले सार्वजनिक गरेको छ।

नेपाली कांग्रेसको नयाँ नेतृत्वसहित केन्द्रीय कार्यसमिति चयनका लागि बिहीबार बिहान १० बजेदेखि मतदान हुने निर्वाचन समितिले जनाएको छ।

निर्वाचनमा सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्रीलगायत विभिन्न पदमा उम्मेदवारी दिएका नेताहरू प्रतिस्पर्धामा रहेका छन्। अन्तिम सूची सार्वजनिक भएसँगै कांग्रेसको नयाँ नेतृत्व चयनका लागि हुने निर्वाचनको औपचारिक तयारीसमेत पूरा भएको छ।

मतदानका लागि महाधिवेशन प्रतिनिधिहरू सहभागी हुनेछन्। निर्वाचनबाट पार्टीको आगामी नेतृत्व तथा केन्द्रीय कार्यसमिति चयन हुनेछ।

निर्वाचन समितिले सार्वजनिक गरेको अन्तिम सूचीअनुसार विभिन्न पदमा कायम उम्मेदवारहरूको विवरण यसप्रकार रहेको छ।

उम्मेदवारहरूको अन्तिम सूची :

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया