असोज २२, २०८३ बिहिबार October 8, 2026

एमाले वरिष्ठ नेता विद्यादेवी भण्डारीले लिइन् शपथ

पहिलोपटक वरिष्ठ नेताको हैसियतमा एमालेको बैठकमा सहभागी भइन् पूर्वराष्ट्रपति भण्डारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमान्डौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसमक्ष वरिष्ठ नेताको शपथ लिएकी छन् । उनले आज बसेको एमाले स्थायी कमिटी बैठकमा शपथ लिएकी हुन् ।

एमालेको केन्द्रीय कमिटी बैठकले उनलाई हालै वरिष्ठ नेतामा मनोनीत गरेको थियो । यससँगै उनी पहिलोपटक वरिष्ठ नेताको हैसियतमा एमालेको बैठकमा सहभागी भएकी हुन् ।

यसअघि ८ असोजमा बसेको एमाले सचिवालय बैठकले भण्डारीलाई वरिष्ठ नेता मनोनीत गर्ने निर्णय गरेको थियो। राष्ट्रपति बन्नुअघि उनी एमालेकी उपाध्यक्ष थिइन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया