असोज २८, २०८३ बुधबार October 14, 2026

कर्णाली प्रदेश स्तरीय खेलाडी छनोट प्रतियोगिता सुरु

छनौट भएका खेलाडीलाई मेडल प्राप्तिको सुनिश्चित हुने गरी आफ्नो पर्फमेन्स देखाउन आग्रह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

सुर्खेत । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कर्णाली प्रदेश स्तरीय खेलाडी छनौट प्रतियोगिता सोमबारदेखि सुर्खेतको वीरेन्द्रनगरमा सुरु भएको छ ।

यही मङ्सिर १६ देखि २८ गतेसम्म सञ्चालन हुने १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले खेलाडी छनौट प्रतियोगिता आयोजना गरेको हो ।

प्रतियोगिताको उद्घाटन गर्दै कर्णाली प्रदेश खेलकुद विकास परिषद्का अध्यक्ष समेत रहेका सामाजिक विकासमन्त्री जितबहादुर मल्लले प्रदेश स्तरमा आयोजना हुने यस्ता प्रतियोगिताले नयाँ प्रतिभा उजागर गर्नुका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सफलता हासिल गर्न सक्ने खेलाडी उत्पादनमा योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो । छनोटमा सहभागी खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै राष्ट्रिय प्रतियोगितामा प्रदेशको गौरव बढाउने अपेक्षा गरिएको उहाँको भनाइ थियो ।

राष्ट्रिय खेलकुद प्रतियोगिताको पूर्व तयारीका लागि प्रदेशका विभिन्न जिल्लाबाट छनौट भएका खेलाडीलाई मेडल प्राप्तिको सुनिश्चित हुने गरी आफ्नो पर्फमेन्स देखाउन कर्णाली प्रदेश खेलकुद विकास परिषद्का उपाध्यक्ष प्रमोद हमालले आग्रह गर्नुभयो ।

प्रदेश स्तरीय छनोट प्रतियोगिता २६ गतेदेखि असोज ३१ गतेसम्म सञ्चालन हुनेछ । छनौट प्रतियोगिता अन्तर्गत दैलेखमा कराँते र ह्यान्डबल, जाजरकोटमा खोखो, सल्यानमा टेबुल टेनिस, रुकुम पश्चिममा कबड्डी, हुम्लामा तेक्वान्दो, जुम्लामा महिला भलिबल तथा हक्की, मुगुमा कबड्डी र कालीकोटमा पुरुष भलिबलका साथै बाँकी खेलका खेलाडी सुर्खेतबाट छनोट गरिने कर्णाली प्रदेश खेलकुद परिषद्का सदस्य सचिव रविन्द्र चन्दले जानकारी दिनुभयो । छनोट भएका खेलाडीलाई १० कात्तिकदेखि बन्द प्रशिक्षणमा राखिने उहाँले बताउनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
२०८३ असोज २८, बुधबार
दसौँ राष्ट्रिय खेलकुदका लागि गण्डकी प्रदेशको तयारी सुरु
२०८३ असोज २८, बुधबार
नेपाली कांग्रेस खुला केन्द्रीय सदस्यको मतगणनामा चिरिबाबु महर्जनको अग्रता
२०८३ असोज २८, बुधबार
कांग्रेस सहमहामन्त्री आदिवासी जनजातितर्फ बहादुरसिंह लामा १,७९९ मतले अगाडि
२०८३ असोज २८, बुधबार
नेपालगञ्ज म्याराथनको १२औँ संस्करण मङ्सिर १२ गते
२०८३ असोज २८, बुधबार
रेशमी मार्गको विरासत धानेको च्याङ्ग्रा व्यापार
२०८३ असोज २८, बुधबार
आज (बुधबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक
२०८३ असोज २८, बुधबार