असोज २९, २०८३ बिहिबार October 15, 2026

नेपाली कांग्रेस महाधिवेशन : महिला खुलातर्फ १५ जना केन्द्रीय सदस्य निर्वाचित

दैलेखकी सांसद वासना थापा सर्वाधिक मतसहित पहिलो स्थानमा बिजयी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महिला खुलातर्फ १५ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन्।

निर्वाचन समितिले सार्वजनिक गरेको मतपरिणामअनुसार वासना थापा ५ हजार १९३ मत प्राप्त गर्दै सर्वाधिक मतसहित पहिलो स्थानमा निर्वाचित भएकी छन्।

महिला खुलातर्फ उर्मिला थपलिया ३ हजार ९७० मतसहित दोस्रो र निमा गिरी ३ हजार ९०६ मतसहित तेस्रो स्थानमा निर्वाचित भएका छन्। त्यस्तै, कुसुमदेवी थापा ३ हजार २५० मतसहित चौथो र धनाकुमारी खतिवडा ३ हजार २३१ मतसहित पाँचौँ स्थानमा रहेकी छन्।

निर्वाचित हुने अन्य केन्द्रीय सदस्यमा विनिता खड्का, अनिता देवकोटा, रीता सेन ओली, सृजना अधिकारी, मुना भुसाल, गीता सत्याल, कल्पना तिवारी, रीता थापा मगर, गंगा दाहाल र उमा दाहाल रहेका छन्।

निर्वाचन समितिका अनुसार विनिता खड्काले २ हजार ८६६, अनिता देवकोटाले २ हजार ८५३, रीता सेन ओलीले २ हजार ७००, सृजना अधिकारीले २ हजार ६५८ र मुना भुसालले २ हजार ५१४ मत प्राप्त गरेका छन्।

त्यस्तै, गीता सत्यालले २ हजार ४२०, कल्पना तिवारीले २ हजार ३६३, रीता थापा मगरले २ हजार ३०८, गंगा दाहालले २ हजार २९८ र उमा दाहालले २ हजार २१५ मत प्राप्त गर्दै केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।

महिला खुलातर्फका १५ केन्द्रीय सदस्यका लागि ३६ जना उम्मेदवारबीच प्रतिस्पर्धा भएको थियो। कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पार्टीको नयाँ नेतृत्व चयनका लागि पदाधिकारीसँगै विभिन्न समावेशी समूह र खुलातर्फका केन्द्रीय सदस्यको निर्वाचन भएको हो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्र बैङ्कद्धारा आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
२०८३ असोज २९, बिहिबार
महानवरात्रकाे पाँचौं दिन, माता स्कन्दमाताको विधिपूर्वक पूजा गरिदैँ
२०८३ असोज २९, बिहिबार
आज बिहिबार, कुन राशिको भाग्य कस्तो ? हेर्नुहोस् राशिफल
२०८३ असोज २९, बिहिबार
स्थानीय तहका उम्मेदवार छान्न रास्वपाले थाल्यो तीन चरणको प्रक्रिया
२०८३ असोज २९, बिहिबार
दसैँ बिदामा पनि अस्पतालको सेवा निरन्तर
२०८३ असोज २९, बिहिबार
पर्यटक भिसामा आएर धर्म प्रचार गर्ने २४ कोरियाली नागरिक देशनिकाला
२०८३ असोज २९, बिहिबार
एसियाडमा पदक जित्ने खेलाडी, प्रशिक्षक र व्यवस्थापकले पाए नगद पुरस्कार
२०८३ असोज २९, बिहिबार