कार्तिक १, २०८३ शनिबार October 17, 2026

क्यानडाद्वारा नेपालसामु २५७ रनको लक्ष्य प्रस्तुत

आजको खेलमा क्यानडा पराजित भएमा उसको शीर्ष छको सम्भावना समाप्त हुने पक्का

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, ३१ असोज : ओमानमा जारी आइसिसी क्रिकेट विश्वकप लिग–२ श्रृङ्खलामा क्यानडाले नेपाललाई २५७ रनको लक्ष्य दिएको छ । अलअमरात क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको क्यानडाले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २५६ रन बनायो ।

उसका लागि ओपनर युवराज सम्राले शतकीय पारी खेले । उनले ११७ बलमा ११ चौका र चार छक्कासहित १०५ रनको पारी खेलेका हुन् । एकदिवसीय अन्तरराष्ट्रिय क्रिकेटमा युवराजको यो पहिलो शतक हो ।

आरोन जोनसनले ३६, हर्ष ठाकरले ३४, कप्तान हम्जा तारिकले ३० र समित गोयलले १७ रन जोडे । नेपालका लागि बलिङतर्फ ललितनारायण राजवंशीले ४, कप्तान सन्दीप लामिछानेले ३, दीपेन्द्रसिंह ऐरीले २ तथा रोहितकुमार पौडेलले १ विकेट लिए ।

आजको खेलमा जित दर्ता गर्न सके नेपालले विश्वकप लिग–२ तालिकाको शीर्ष छमा स्थान सुरक्षित गर्नेछ । पराजित भएको अवस्थामा नेपालले अन्तिम खेलमा ओमानलाई हराउनैपर्ने समीकरण बन्नेछ । उता क्यानडा आज जित्नैपर्ने दबाबमा छ । आजको खेलमा पराजित भएमा उसको शीर्ष छको सम्भावना समाप्त हुनेछ ।

ताजा अवस्थामा अङ्क तालिकामा नेपाल छैटौँ र क्यानडा सातौँ स्थानमा छन् । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सेनाको विपद् प्रतिकार्य : समन्वय र सहकार्यको उत्कृष्ट संयोजन
२०८३ कार्तिक १, शनिबार
कांग्रेस सभापति गगनकुमार थापाले लिए पद तथा गोपनीयताको शपथ
२०८३ कार्तिक १, शनिबार
क्यानडाद्वारा नेपालसामु २५७ रनको लक्ष्य प्रस्तुत
२०८३ कार्तिक १, शनिबार
रुसी ऊर्जामाथिको अमेरिकी प्रतिबन्धमा ट्रम्पको छुट
२०८३ कार्तिक १, शनिबार
फाइबर इन्टरनेट अफरबारे भ्रममा नपर्न नेपाल टेलिकमको आग्रह
२०८३ कार्तिक १, शनिबार
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा. कमल शर्मा लम्साल (अन्तवार्ता)
२०८३ कार्तिक १, शनिबार
वीरगञ्जका मुख्य सडक विस्तार हुँदै
२०८३ कार्तिक १, शनिबार