कार्तिक १२, २०८३ बिहिबार October 29, 2026

सरकारी कामकाजको भाषासम्बन्धी विधेयक हिउँदे अधिवेशनमा पेश गर्ने तयारी

विधेयकलाई पूर्णता दिन बागमती र गण्डकी प्रदेशलगायतका अनुभव तथा सुझाव संकलन भइरहेको भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीले सरकारी कामकाजको भाषासम्बन्धी विधेयक आगामी हिउँदे अधिवेशनमा प्रदेश सभामा पेस गर्ने तयारी भइरहेको बताएका छन् ।

बिहीवार लुम्बिनी प्रदेशमा आयोजित सरकारी कामकाजको भाषासम्बन्धी कार्यशाला गोष्ठीमा बोल्दै सभामुख घर्तीले विधेयकको मस्यौदा तयार पार्ने काम भइरहेको जानकारी दिएका हुन् ।

उनका अनुसार विधेयकलाई पूर्णता दिन बागमती र गण्डकी प्रदेशलगायतका अनुभव तथा सुझाव संकलन भइरहेको छ ।

उनले आगामी मंसिरदेखि  शुरु हुने हिउँदे अधिवेशनमा सरकारले विधेयक प्रदेशसभामा पेश गर्ने तयारी गरेको बताए । विधेयक सदनमा पेश भएपछि सरोकारवालासँग व्यापक छलफल गरी आवश्यक सुझाव र परिमार्जनसहित विषयगत समितिमा पठाइने उनको भनाइ छ । विधेयकलाई लोकतान्त्रिक विधि र प्रक्रियाबाट अघि बढाउँदै सबै पक्षको भावना समेट्ने गरी छलफल गरिने सभामुख घर्तीले बताए । उनले मंसिरमा पेस हुने विधेयक फागुनसम्म पारित गर्ने लक्ष्य रहेको पनि उल्लेख गरे ।

उनले भने, ‘आगामी मंसिरदेखि शुरु हुने हिउँदे अधिवेशनमा सरकारी कामकाजको भाषासम्बन्धी विधेयक सदनमा पेश गर्ने तयारी भइरहेको छ । यसका लागि बागमती र गण्डकीलगायत प्रदेशबाट सुझाव संकलन भइरहेको छ । विधेयक सदनमा पेश भएपछि सरोकारवालासँग व्यापक छलफल गरी आवश्यक परिमार्जन गरिनेछ र विषयगत समितिमा पठाएर लोकतान्त्रिक विधि तथा प्रक्रियामार्फत सबैको भावना समेटिनेछ । मंसिरमा पेस हुने विधेयक फागुनसम्म पारित गर्ने लक्ष्य राखिएको छ ।’

सरकारी कामकाजको भाषासम्बन्धी कानूनी व्यवस्था निर्माण गर्दा सरोकारवाला पक्षका सुझाव र विभिन्न प्रदेशका अनुभवलाई समेटेर अघि बढाइने उनले बताए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कांग्रेसले तिहारपछि केन्द्रीय सदस्यसँग कार्ययोजना माग्ने, चार महिनामा प्रगति समीक्षा गर्ने
२०८३ कार्तिक १२, बिहिबार
सेयर बजारमा हरियाली, नेप्से र कारोबार दुवै बढ्यो
२०८३ कार्तिक १२, बिहिबार
प्रेस स्वतन्त्रता अक्षुण्ण राख्दै आमसञ्चार क्षेत्रलाई व्यवस्थित बनाउनुपर्छः सञ्चारमन्त्री डा. तिमिल्सिना
२०८३ कार्तिक १२, बिहिबार
सरकारी कामकाजको भाषासम्बन्धी विधेयक हिउँदे अधिवेशनमा पेश गर्ने तयारी
२०८३ कार्तिक १२, बिहिबार
प्रधानसेनापति सिग्देल र अमेरिकी कार्यवाहक राजदूत बोल्डेनबीच भेटवार्ता
२०८३ कार्तिक १२, बिहिबार
इजरायलमा नेतान्याहु पक्षलाई ५३ सिट
२०८३ कार्तिक १२, बिहिबार
विश्वविद्यालयको सङ्ख्या होइन, गुणस्तरीय शिक्षा महत्त्वपूर्ण : शिक्षामन्त्री पोखरेल
२०८३ कार्तिक १२, बिहिबार