कार्तिक १७, २०८३ मंगलबार November 3, 2026

चीनले वित्तीय क्षेत्रमा एआईको प्रयोगबारे अध्ययन गर्ने

पर्याप्त तरलता सुनिश्चित गर्न चीनले विभिन्न नीतिगत उपकरणको व्यापक प्रयोग गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

बेइजिङ । चीनले वित्तीय नियमन तथा सेवामा कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोगबारे अध्ययन गर्ने भएको छ ।

देशको सर्वोच्च विधायिका नेशनल पिपुल्स कङ्ग्रेस (एनपीसी) को स्थायी समितिको जारी अधिवेशनमा पेस गरिएको प्रतिवेदनअनुसार यस कदमको उद्देश्य वित्तीय निगरानी प्रणालीलाई सुदृढ बनाउनु र वास्तविक अर्थतन्त्रमा वित्तीय सेवाको पहुँच तथा प्रभावकारिता बढाउनु हो ।

राज्य परिषद्ले पेस गरेको प्रतिवेदनमा वित्तीय क्षेत्रको आगामी विकासका लागि पाँचवटा प्राथमिकता निर्धारण गरिएको छ । तीमध्ये लचिलो मौद्रिक नीति कायम राख्ने, वित्तीय नियमनलाई प्रभावकारी बनाउने र वास्तविक अर्थतन्त्रका लागि वित्तीय सेवा विस्तार गर्ने विषय प्रमुख छन् ।

प्रतिवेदनअनुसार पर्याप्त तरलता सुनिश्चित गर्न चीनले विभिन्न नीतिगत उपकरणको व्यापक प्रयोग गर्नेछ । साथै, मौद्रिक नीतिको ढाँचाको निरन्तर मूल्याङ्कन गरी आवश्यक सुधार गर्नेछ ।

वित्तीय नियमनलाई थप प्रभावकारी बनाउन गैरकानुनी वित्तीय गतिविधिविरुद्ध कडा कदम चाल्ने, वित्तीय व्यवस्थापन तथा सेवामा एआईको प्रयोगबारे अध्ययन गर्ने र वित्तीय उपभोक्ताको संरक्षणलाई सुदृढ बनाउने योजना पनि प्रतिवेदनमा समेटिएको छ ।

त्यसैगरी, पूर्वाधार विकास, प्राविधिक नवप्रवर्तन र साना व्यवसायलाई वित्तीय सहयोग विस्तार गर्ने लक्ष्य राखिएको छ ।

प्रतिवेदनले चिनियाँ मुद्रा युआनको अन्तर्राष्ट्रिय प्रयोग विस्तार गर्न, थप विदेशी वित्तीय संस्था तथा दीर्घकालीन पुँजी आकर्षित गर्न र स्वतन्त्र रूपमा नियन्त्रित सीमापार युआन भुक्तानी प्रणालीको विकास गर्न पनि जोड दिएको छ ।

वित्तीय जोखिम न्यूनीकरणका लागि पुँजी बजारलाई सहयोग पु¥याउन मौद्रिक नीतिका उपकरण प्रयोग गर्ने तथा घरजग्गा क्षेत्रका लागि लागू गरिएको ‘ह्वाइट लिस्ट’ संयन्त्रलाई निरन्तरता दिने उल्लेख छ ।

चीनले पछिल्लो समय वास्तविक अर्थतन्त्रमा वित्तीय लगानी बढाएको छ । सन् २०२५ अक्टोबरदेखि सन् २०२६ सेप्टेम्बरसम्म वास्तविक अर्थतन्त्रमा प्रवाह भएको नयाँ वित्तीय लगानी ३३ ट्रिलियन युआन (करिब चार दशमलव नौ ट्रिलियन अमेरिकी डलर) पुगेको प्रतिवेदनमा उल्लेख छ ।

यसै अवधिमा साङ्घाई र सेन्जेन स्टक एक्सचेन्जमा ८८ कम्पनी सूचीकृत भएका छन् । तीमध्ये करिब ९० प्रतिशत उच्च प्रविधि क्षेत्रका कम्पनी रहेका छन् । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सरकारको विज्ञप्तिप्रति डा. केसीको आपत्ति, माग सम्बोधन नभएसम्म आन्दोलन नरोकिने
२०८३ कार्तिक १७, मंगलबार
राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिबाट दुई उपसमितिका प्रतिवेदन सर्वसम्मतिले पारित
२०८३ कार्तिक १७, मंगलबार
अमेरिकी मध्यावधि निर्वाचनमा कङ्ग्रेसको बहुमतका लागि कडा प्रतिस्पर्धा
२०८३ कार्तिक १७, मंगलबार
श्रम संस्कृति पार्टी गरिब जनताको पक्षमा छ : हर्क साम्पाङ
२०८३ कार्तिक १७, मंगलबार
कोप-३१ मा जलवायु न्याय र हिमाल संरक्षणका मुद्दालाई सशक्त रूपमा उठाउछौँः मन्त्री चौधरी
२०८३ कार्तिक १७, मंगलबार
चीनले वित्तीय क्षेत्रमा एआईको प्रयोगबारे अध्ययन गर्ने
२०८३ कार्तिक १७, मंगलबार
कात्तिक २५ गते भाइटीका, बिहान ११:०७ बजे उत्तम साइत
२०८३ कार्तिक १७, मंगलबार