काठमाडौँ । डिजिटल पार्लियामेन्ट परियोजना समन्वय एवम् सहजीकरण समितिले तयार पारेको डिजिटल पार्लियामेन्ट परियोजनाको अवधारणा पत्र सभामुख डोल प्रसाद (डीपी) अर्यालसमक्ष पेस गरिएको छ ।
समितिले राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल र सङ्घीय संसद्का महासचिव पद्म प्रसाद पाण्डेसमक्ष समेत अवधारणा पत्र पेस गरेको हो।
२०८३ भदौ १५ गते गठित समितिलाई दिइएको कार्यादेशअनुसार समिति पूर्णता पाएको सात कार्य दिनभित्र डिजिटल पार्लियामेन्ट परियोजनाको अवधारणा पत्र तयार गरी स्वीकृतिका लागि सचिवालयसमक्ष पेस गर्नुपर्ने व्यवस्था थियो। उक्त कार्यविधि २०८३ कार्तिक १८ गतेसम्म थप गरिएको थियो।
समितिले तयार पारेको अवधारणा पत्र समितिको २०८३ कार्तिक १६ गतेको निर्णयअनुसार स्वीकृतिका लागि पेस गरिएको हो।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया