कार्तिक २०, २०८३ शुक्रबार November 6, 2026

‘दलहरूबीच एकता र सहकार्य आवश्यक’ – महासचिव पोखरेल

दलहरू एकअर्कालाई कमजोर बनाउने प्रतिस्पर्धामा लाग्दा मुलुक कमजोर बन्दै गएको भनाइ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

लमजुङ, २० कात्तिकः नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले संविधान र लोकतन्त्रको रक्षाका लागि राजनीतिक दलहरूबीच एकता र सहकार्य आवश्यक रहेको बताउनुभएको छ ।

एमाले लमजुङद्वारा बेंसीसहरमा आज आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले दलहरू एकअर्कालाई कमजोर बनाउने प्रतिस्पर्धामा लाग्दा मुलुक कमजोर बन्दै गएको उल्लेख गर्नुभयो । संविधान कमजोर भए त्यसबाट प्राप्त नागरिकका हकअधिकारसमेत गुम्न सक्ने उहाँको भनाइ थियो ।

पूर्वमुख्यमन्त्री पोखरेलले प्रदेश सरकार विकास निर्माण र पुँजीगत खर्चका दृष्टिले महत्त्वपूर्ण रहेको बताउँदै प्रदेश सरकारको आवश्यकता नरहेको भन्ने बहसप्रति असहमति जनाउनुभयो । उहाँले एमाले अब सत्ताकेन्द्रित नभई जनताकेन्द्रित भएर अघि बढ्नुपर्ने र पार्टीभित्र सुधार तथा पुनर्गठन आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा एमालेका केन्द्रीय सचिव खगराज अधिकारीले पार्टीलाई बलियो बनाउन गुटगत गतिविधि त्यागेर आन्तरिक एकता कायम गर्नुपर्ने बताउनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तीन राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेश
२०८३ कार्तिक २०, शुक्रबार
स्विस राष्ट्रिय परिषद्का अध्यक्ष पेजलाई सभामुख अर्यालको बिदाइ भेट
२०८३ कार्तिक २०, शुक्रबार
शिक्षा नियमावलीको एघारौँ संशोधन प्रस्ताव कानुन मन्त्रालयमा पठाउने निर्णय
२०८३ कार्तिक २०, शुक्रबार
आगामी निर्वाचनसम्म मधेश सरकारमा सहभागी हुँदैनौँ : सीके राउत
२०८३ कार्तिक २०, शुक्रबार
एसिया कप क्रिकेट : नेपाल भारतसँग पराजित
२०८३ कार्तिक २०, शुक्रबार
रुस-युक्रेन युद्ध अन्त्य गर्न ठूलो सम्झौताको सङ्केत
२०८३ कार्तिक २०, शुक्रबार
विद्यालयको जग्गा संरक्षण र स्वामित्व सुनिश्चित गर्न विवरण सङ्कलन सुरु
२०८३ कार्तिक २०, शुक्रबार