काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपाल संवत् ११४७ तथा म्हः पूजाको अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन्।
नयाँ वर्ष नेपाल संवत्को अवसरमा शुभकामना सन्देश जारी गर्दै सभापति थापाले नेपाल संवत् नेपालको मौलिक पहिचान, समृद्ध संस्कृति र गौरवशाली परम्पराको प्रतीक भएको बताएका छन्।
उनले लोककल्याण र परोपकारको प्रेरणादायी विरासत बोकेको नेपाल संवत्को नयाँ वर्षले सबैको जीवनमा नयाँ आशा, उत्साह, सुख, शान्ति र समृद्धि ल्याउने विश्वास व्यक्त गरेका छन्। साथै, आपसी सद्भाव, आत्मीयता र एकता अझ प्रगाढ बन्ने अपेक्षा गरेका छन्।
म्हः पूजाको अवसरमा शुभकामना व्यक्त गर्दै थापाले यस पर्वले सबैमा आत्मसम्मान, सकारात्मक ऊर्जा, सुस्वास्थ्य र नयाँ आत्मविश्वास प्रदान गरोस् भन्ने कामना गरेका छन्।
नेपालको सांस्कृतिक विविधता र एकताको भावनालाई थप बलियो बनाउँदै नयाँ वर्षले समुन्नत नेपालको साझा यात्रामा प्रेरणा प्रदान गर्ने उनको विश्वास छ।
उनले शुभकामना सन्देशको अन्त्यमा ‘न्हूदँया भिन्तुना’ भन्दै सकल नेपालीमा सुख, शान्ति र समृद्धिको कामना गरेका छन्।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया