कार्तिक २५, २०८३ बुधबार November 11, 2026

फाल्गुनन्दका विचार आज पनि उत्तिकै सान्दर्भिक र प्रेरणादायी छन् : उपराष्ट्रपति यादव

सत्य, अहिंसा र समानताका फाल्गुनन्दका सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, २५ कात्तिकः उपराष्ट्रपति रामसहाय प्रसाद यादवले महागुरु फाल्गुनन्दद्वारा प्रतिपादित सत्य, अहिंसा, समानता, शिक्षा, श्रम, मितव्ययिता र सदाचारका सिद्धान्तले नेपाली समाजलाई एकताको सूत्रमा गाँसेको बताउनुभएको छ ।

उपराष्ट्रपति यादवले आज किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्द जयन्तीको अवसरमा शुभकामना सन्देश जारी गर्दै किराँत धर्म, दर्शन, संस्कृति तथा सामाजिक सुधारको एक महत्वपूर्ण ऐतिहासिक दस्तावेजका रूपमा परिचित रहेको बताउनुभएको छ ।

“दाइजो प्रथा, फजुल खर्च, अन्धविश्वास, विभेद तथा सामाजिक विकृतिका विरुद्ध उहाँले चलाउनुभएको चेतनामूलक अभियानले नेपाली समाजमा सुधार, आत्मसम्मान र नैतिक जीवनको संस्कार विकास गर्न महत्वपूर्ण योगदान पु¥याएको थियो । समाजलाई सरल, सभ्य र अनुशासित बनाउन उहाँका विचारहरू आज पनि उत्तिकै सान्दर्भिक र प्रेरणादायी छन्”, उपराष्ट्रपतिद्वारा जारी सन्देशमा उल्लेख छ ।

उहाँले नेपाली समाजका युगद्रष्टा व्यक्तित्व महागुरु फाल्गुनन्दले धर्मलाई आस्थाको विषयमा मात्र सीमित नराखी समाज सुधार, नैतिक अनुशासन, मानवता र लोककल्याणसँग जोड्नुभएको भनी स्मरण गर्नुभएको छ ।

फाल्गुनन्दले आफ्नो मौलिक सांस्कृतिक पहिचानको संरक्षण गरी अन्य समुदायप्रति सम्मान, सहअस्तित्व र सद्भावको सन्देश दिनुभएको उल्लेख गर्दै उपराष्ट्रपतिले उहाँका विचारले विविधताभित्रको एकता, पारस्परिक सम्मान र राष्ट्रिय सहकार्यको भावनालाई सुदृढ बनाउन प्रेरित गर्ने विश्वासव्यक्त गर्नुभएको छ ।

“आजको परिवर्तनशील विश्वमा आफ्नो भाषा, संस्कृति, सभ्यता र मौलिक परम्पराको संरक्षण गर्दै आधुनिकता र प्रगतिलाई आत्मसात् गर्नु हाम्रो साझा जिम्मेवारी हो । फाल्गुनन्द जयन्तीले युवा पुस्तालाई नैतिक चरित्र निर्माण, सामाजिक उत्तरदायित्व, सकारात्मक सोच, सामुदायिक नेतृत्व र राष्ट्रसेवाको मार्गमा अग्रसर हुन प्रेरणा प्रदान गरोस्”, उपराष्ट्रपतिले सन्देशमा भन्नुभएको छ । रासस

उपराष्ट्रपतिले फाल्गुनन्दको सत्य, सेवा र सदाचारको मार्गले सबैलाई मानव मर्यादा, सामाजिक न्याय तथा राष्ट्रिय कर्तव्यप्रति थप प्रतिबद्ध बन्न प्रेरित गरोस् भनी कामना गर्नुभएको छ ।

उहाँले राष्ट्रिय एकता, भौगोलिक अखण्डता, सार्वभौमसत्ता तथा लोकतान्त्रिक मूल्यप्रतिको हाम्रो प्रतिबद्धता अझ सुदृढ हुँदै समुन्नत, समावेशी र समृद्ध नेपालको निर्माणमा सबैलाई प्रेरणा र ऊर्जा प्राप्त होस् भन्ने शुभेच्छा प्रकट गर्नुभएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
धार्मिक, सामाजिक र सांस्कृतिक विविधताबीच सद्भाव कायम गर्न फाल्गुनन्दको योगदान : राष्ट्रपति पौडेल
२०८३ कार्तिक २५, बुधबार
विपद्पछिको सञ्चार पूर्वाधार पुनर्निर्माणमा अन्तरराष्ट्रिय सहयोग आवश्यक : सञ्चारमन्त्री डा. तिमिल्सिना
२०८३ कार्तिक २५, बुधबार
बाढीपहिरोले अवरुद्ध बेनीको खानेपानी सेवा वैकल्पिक पाइपलाइनबाट सञ्चालनमा
२०८३ कार्तिक २५, बुधबार
फेरिँदै देउसीभैलो खेल्ने शैली
२०८३ कार्तिक २५, बुधबार
भाइटीकाले पारिवारिक प्रेम, विश्वास र आत्मीयता प्रगाढ बनाओस् : प्रधानमन्त्री शाह
२०८३ कार्तिक २५, बुधबार
फाल्गुनन्दका विचार आज पनि उत्तिकै सान्दर्भिक र प्रेरणादायी छन् : उपराष्ट्रपति यादव
२०८३ कार्तिक २५, बुधबार
Bhai Tika Celebrated Across Nepal as Brothers Receive Tika from Sisters
२०८३ कार्तिक २५, बुधबार