कार्तिक २८, २०८३ शनिबार November 14, 2026

सभामुख अर्याल छठ पूजामा सहभागी हुन पर्सा जाने

मकवानपुर, बारा र पर्साका सर्वसाधारणसँग भेटघाट तथा अन्तरक्रियासमेत गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्याल छठ पर्व मनाउन शनिबार पर्सा जाने भएका छन्।

सभामुख अर्यालले वीरगन्जस्थित घडिअर्वा पोखरीलगायत विभिन्न छठघाटको अवलोकन तथा दर्शन गर्नुका साथै पूजामा सहभागी हुनेछन्। सो क्रममा मकवानपुर, बारा र पर्साका सर्वसाधारणसँग भेटघाट तथा अन्तरक्रियासमेत गर्ने सभामुखको सचिवालयले जनाएको छ।

अर्याल गत वर्ष पनि छठ पर्वको अवसरमा रुपन्देही निर्वाचन क्षेत्र नं. १ अन्तर्गत रोहिणी गाउँपालिका र ओमसतिया गाउँपालिकाका विभिन्न छठघाट पुगेका थिए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया