मंग्सिर ११, २०८३ शुक्रबार November 27, 2026

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै

केन्द्रीय सदस्यहरूले बोल्ने क्रम जारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं, ११ मंसिर । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज शुक्रबार पनि जारी रहने भएको छ।

ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बिहान साढे ८ बजे बैठक बस्न लागेको हो।

गत मंसिर ८ गतेदेखि सुरु भएको बैठकमा अहिलेसम्म ७० जना केन्द्रीय सदस्यले आफ्नो धारणा राखिसकेका छन्। सदस्यहरूले बोल्ने क्रम नसकिएकाले शुक्रबार पनि बैठकलाई निरन्तरता दिन लागिएको कांग्रेसले जनाएको छ।

यसअघि बिहीबार बसेको बैठकले होल्डिङ सेन्टरमा राखिएका सुकुमवासीलाई हटाउने सरकारको निर्णयप्रति आपत्ति जनाउँदै उक्त निर्णय फिर्ता लिन माग गरेको थियो।

वैकल्पिक आवासको व्यवस्था सुनिश्चित नगरी विस्थापित सुकुमवासी परिवारलाई होल्डिङ सेन्टरबाट हटाउन नहुने कांग्रेसको धारणा छ।

सरकारको उक्त निर्णय संविधानले सुनिश्चित गरेको आवासको हक, प्रचलित कानुनी व्यवस्था तथा सामाजिक न्यायको मर्मविपरीत रहेको कांग्रेसको ठहर छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया