मंग्सिर ११, २०८३ शुक्रबार November 27, 2026

विद्युत् महसुलमा लाग्ने भ्याटलाई सहज बनाउने तयारीमा छौँ : ऊर्जामन्त्री श्रेष्ठ

चालु आर्थिक वर्षको बजेटमार्फत कार्यान्वयनमा ल्याइएको विद्युत् महसुलको भ्याट व्यवस्थालाई सहजीकरण गर्न सरकार सकारात्मक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

कास्की । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् महसुलमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट)लाई उपभोक्ताका लागि सहज बनाउने तयारी भइरहेको बताएका छन् ।

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्कीले आज साँझ पोखरामा आयोजना गरेको भेटघाट तथा अन्तरक्रियामा उनले चालु आर्थिक वर्षको बजेटमार्फत कार्यान्वयनमा ल्याइएको विद्युत् महसुलको भ्याट व्यवस्थालाई सहजीकरण गर्न सरकार सकारात्मक रहेको बताए ।

विद्युत् महसुलमा भ्याट लगाउने व्यवस्थाले उपभोक्तामा आर्थिक भार थपिएको विषयमा सरकार जानकार रहेको उल्लेख गर्दै उनले आर्थिक ऐन संशोधनको प्रस्ताव आउने समयमा यसलाई सहज बनाउने विषयमा छलफल भइरहेको जानकारी दिए ।

“मन्त्रालयको कोसिस भ्याट सहज बनाउनेबाहेक अन्य सहुलियत के–के दिन सकिन्छ भनेर पनि लागिरहेका छौँ । यसबाहेक अतिरिक्त शुल्कलाई कसरी हेर्न सकिन्छ भन्ने हाम्रो कोसिस जारी छ”, मन्त्री श्रेष्ठले भने ।

सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी खपत गर्ने ग्राहकलाई पाँच प्रतिशत भ्याट लगाउँदै आएको छ ।

मन्त्री श्रेष्ठले एउटै नदीमा विद्युत् उत्पादनका लागि विगतमा धेरै आयोजनालाई जथाभावी अनुमति दिइएको पाइएको भन्दै त्यसलाई व्यवस्थित र नियमन गर्न मन्त्रालयले काम गरिरहेको बताए ।

एउटै नदीमा धेरै आयोजना सञ्चालनका लागि अनुमति दिँदा नदीको प्राकृतिक बहाव प्रभावित भएको उल्लेख गर्दै उनले कतिपय स्थानमा मृत्यु संस्कारका लागि जाँदासमेत खोलामा पानी नहुने अवस्था रहेको बताए । नदीलाई स्वतन्त्र रूपमा बग्न दिनुपर्नेमा उनको जोड थियो ।

“विद्युत्को अभावले हो कि किन हो, जथाभावी लाइसेन्स दिएको पाएका छौँ । पहिला लाइसेन्स दिएको कारण कानुनी जटिलता छ । अहिले हामीले त्यसलाई नियमन गर्न खोजेका छौँ”, उनले भने ।

मन्त्रालयको जिम्मेवारी सम्हालेपछि नयाँ योजना ल्याउनुभन्दा पनि विगतका निर्णय र व्यवस्थालाई सुधार गर्नुपर्ने अवस्था बढी चुनौतीपूर्ण रहेको उनले बताए । अहिले भने मन्त्रालयका काम क्रमशः सही दिशामा अघि बढ्न थालेको उनको भनाइ थियो ।

स्थानीयवासी र जलविद्युत् प्रवर्द्धकबीच देखिने विवाद समाधान तथा उजुरीको सुनुवाइ गर्ने अधिकार विद्युत् नियमन आयोगमा रहेको उल्लेख गर्दै उनले केही विवाद समाधानको प्रक्रियामा अघि बढेको जानकारी दिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रुख र चारतारे झण्डाको दुरुपयोग रोक्न कांग्रेसले निर्वाचन आयोग गुहार्ने
२०८३ मंग्सिर ११, शुक्रबार
रास्वपा सभापति रवि लामिछाने सुर्खेतमा
२०८३ मंग्सिर ११, शुक्रबार
सर्वोच्चको अन्तरिम आदेश : खोटाङका जिसस प्रमुखलाई साविककै काम गर्न दिन निर्देशन
२०८३ मंग्सिर ११, शुक्रबार
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
२०८३ मंग्सिर ११, शुक्रबार
रास्वपाको क्यान्डिडेट क्लब समितिमा ६ जना सदस्य मनोनीत
२०८३ मंग्सिर ११, शुक्रबार
१०औँ राष्ट्रिय खेलकुद: राष्ट्रिय पौडी च्याम्पियनसिपमा १६ स्वर्णसहित बागमती च्याम्पियन
२०८३ मंग्सिर ११, शुक्रबार
मध्यपुर थिमि खेलकुद महोत्सव पुस ११ गते हुने
२०८३ मंग्सिर ११, शुक्रबार