मंग्सिर १२, २०८३ शनिबार November 28, 2026

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गर्न पुगे गृहमन्त्री

बिरामीको हित र स्वास्थ्य सेवा तथा सुरक्षालाई उच्च प्राथमिकता दिई कार्यसम्पादन गर्न निर्देशन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

सुनसरी, १२ मङ्सिरः गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गर्नुभएको छ ।

अनुगमनका क्रममा उहाँले प्रतिष्ठानमा उपचारका लागि आउने बिरामीको सुरक्षा, उपचार सेवाको सहजता तथा हुन सक्ने बिचौलियाको प्रभावबारे चासो राख्नुभयो ।

त्यस अवसरमा गृहमन्त्री गुरुङले बिरामीको हित र स्वास्थ्य सेवा तथा सुरक्षालाई उच्च प्राथमिकता दिई कार्यसम्पादन गर्न निर्देशन दिनुभयो ।

उहाँले बिचौलियाले बिरामीलाई अन्यत्र लैजाने तथा अनावश्यक रूपमा एम्बुलेन्स प्रवेश गराउने जस्ता गतिविधि नियन्त्रण गर्न उहाँले निर्देशन दिनुभयो ।

त्यसअवसरमा उपकुलपति प्राडा स्मृति कार्की र निर्देशक इन्द्रकुमार लिम्बूलगायतलगायत प्रतिष्ठानका पदाधिकारीले अस्पतालबाट प्रवाह भइरहेको स्वास्थ्य सेवा, गर्न लागिएको प्रयास र अन्य भावि योजनाबारे जानकारी गराउनुभएको थियो ।

त्यसक्रममा गृहमन्त्री गुरुङले प्रतिष्ठानमा एमआरआई सेवा सञ्चालनबारे जानकारी लिनुभयो । उक्त सेवासम्बन्धी प्रक्रियामा कुनै समस्या भए जानकारी गराउन पनि निर्देशन भयो ।

यसैबीच, गृहमन्त्री गुरुङले धरान उपमहानगरपालिका–१८ स्थित नेपाल बौद्ध गुम्बाको समेत अवलोकन गर्नुभयो । उहाँ आजै इटहरीस्थित तमु ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिषद्को १५औँ राष्ट्रिय पार्षद् सभामा सहभागी हुने कार्यक्रम छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
गण्डकीद्वारा एनआरएनए पाँच विकेटले पराजित
२०८३ मंग्सिर १२, शनिबार
किस्ट अस्पतालद्वारा मेदान्तासँगको सहकार्यमा विशेषज्ञ स्वास्थ्य सेवा दिइँदै
२०८३ मंग्सिर १२, शनिबार
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
२०८३ मंग्सिर १२, शनिबार
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गर्न पुगे गृहमन्त्री
२०८३ मंग्सिर १२, शनिबार
किमको चीन भ्रमणबारे दक्षिण कोरियाको निगरानी
२०८३ मंग्सिर १२, शनिबार
स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ : मुख्यमन्त्री आचार्य
२०८३ मंग्सिर १२, शनिबार
एक रातमै एक हजार २०० भन्दा बढी युक्रेनी ड्रोन खसालेको रूसको दाबी
२०८३ मंग्सिर १२, शनिबार