मंग्सिर १३, २०८३ आइतबार November 29, 2026

नेपाली कांग्रेसको आधिकारिक आफूहरूले पाउने शेर बहादुर देउवाको दाबी

देशका जनता र कांग्रेस पार्टीले आफूलाई पाँचपटक सम्म प्रधानमन्त्री बनाएको भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

सुर्खेत। पूर्व प्रधानमन्त्री एवम नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको आधिकारिक आफूहरूले पाउने दाबी गरेका छन्।

आइतबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित देउवा समुहको प्रदेश स्तरीय अधिवेशनलाई सम्बोधन गर्दै उनले कांग्रेसको आधिकारिकता आफूहरूले पाउने दाबी गरेका हुन्।

उनले भने, ‘अहिले कांग्रेसको आधिकारिक विवाद कायमै छ, अदालतमा विचाराधिन रहेको मुद्दामा धेरै बहस नगरौं। तर, अदालतले हामीलाई न्याय दिन्छ भन्ने विश्वस्त छु। अहिले कांग्रेसको सभापति मनै हुँ, महाधिवेशन पछाडि अर्को साथी सभापति रुपमा आउनुहुन्छ।’

साथै, उनले नेपालको संविधान र कांग्रेसको विधान अनुसार आधिकारिकता आफूले नै प्राप्त गर्नेमा विश्वस्त रहेको बताए। न्यायालयप्रति विश्वास रहेको भन्दै पार्टीको आधिकारिकता आफूहरूले पाउने उनको भनाइ थियो।

उनले देशका जनता र कांग्रेस पार्टीले आफूलाई पाँचपटक सम्म प्रधानमन्त्री बनाएको बताउँदै अब आफूलाई केही नचाहिएको बताए।

उनले भने, ‘यो पार्टी र देशका जनताले मलाई धेरै दिइसके। अब मैले देश र जनतालाई दिन बाँकी छ। अब म फेरि न त पार्टी सभापति हुन्छु, न त प्रधानमन्त्री।’

प्रदेश अधिवेशनलाई डा. शंशाक कोइराला लगायतका नेताहरूले समेत सम्बोधन गरेका थिए। यसअघि देउवा समूहको सुर्खेत जिल्ला महाधिवेशन सम्पन्न भइसकेको छ। सभापतिमा ललित भट्टराई निर्विरोध निर्वाचित भएका हुन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अमेरिकी सेनाविरुद्ध इरानले स्टारलिङ्क प्रयोग गरेको दाबी
२०८३ मंग्सिर १३, आइतबार
आइतबार दिइँदै आएको सार्वजनिक विदा खारेज
२०८३ मंग्सिर १३, आइतबार
सबै पालिकामा ‘हामी तयार छौँ अभियान’ सञ्चालन गर्दै कांग्रेस
२०८३ मंग्सिर १३, आइतबार
तलब वृद्धि र सेवा–सुविधाको माग पूरा नभएपछि चितवनका निजी विद्यालय अनिश्चितकालीन बन्द
२०८३ मंग्सिर १३, आइतबार
शिक्षाबाट वञ्चित चेपाङ बालबालिकालाई विद्यालय ल्याउने अभियान प्रशंसनीय : अध्यक्ष दाहाल
२०८३ मंग्सिर १३, आइतबार
नेपाली कांग्रेसको आधिकारिक आफूहरूले पाउने शेर बहादुर देउवाको दाबी
२०८३ मंग्सिर १३, आइतबार
‘इन्स्पेक्टर हौँ, मुद्दा नचलाई दाइलाई छुटाइदिन्छौँ’ भन्दै २ लाख माग गर्ने ५ जना पक्राउ
२०८३ मंग्सिर १३, आइतबार