मंग्सिर १३, २०८३ आइतबार November 29, 2026

विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह

विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

वालिङ (स्याङ्जा) । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताउनुभएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तर संवादमा उहाँले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताउनुभयो । नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उहाँको भनाइ थियो ।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताउनुभयो । विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उहाँले उल्लेख गर्नुभयो ।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिनुभएको थियो । प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताउनुभयो ।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिनुभएको थियो । उहाँले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गर्नुभएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चार महिनामा २० अर्ब ४८ करोड रुपैयाँको विद्युत निर्यात
२०८३ मंग्सिर १३, आइतबार
मुर्माका बिर्खबहादुर रोकाया त्रिविबाट सम्मानित
२०८३ मंग्सिर १३, आइतबार
दुर्गममा पनि आधुनिक र गुणस्तरीय स्वास्थ्य पूर्वाधार पु-याउँदै याङवरक
२०८३ मंग्सिर १३, आइतबार
नवजात शिशुको मृत्युदर घटाउन रोग पहिचान प्रणाली विस्तार अपरिहार्य
२०८३ मंग्सिर १३, आइतबार
पशुपति क्षेत्रमा बाला चतुर्दशी पर्वको तयारी शुरु
२०८३ मंग्सिर १३, आइतबार
हिंसा पीडितलाई न्यायमा पहुँच सहज बनाउन ‘साझा सुरक्षा’ एप सार्वजनिक
२०८३ मंग्सिर १३, आइतबार
क्युबामाथिको प्रतिबन्ध हटाउन अमेरिकालाई डब्ल्यूएचओ प्रमुखको आग्रह
२०८३ मंग्सिर १३, आइतबार