काठमाण्डौं: गोरखा जिल्लाको सिरानचोक गाउँपालीकाका अध्यक्ष राजु गुरुङले सर्वोच्चको आदेशको ठाडो उंल्लघन गरेका छन ।
गाउँपालीकाको केन्द्र रहेको सिरानचोक गाउँपालीका वडा नं ५ स्थित छोप्राक मैदानबाट सोही वडाको चित्रेपोखरी भन्ने ठाउँमा सारेका छन ।
२०७४ साल जेष्ठ ३१ गतेको स्थानिय निकायको निर्वाचन अगाडीपनि दुईपटक केन्द्र सार्न खोजेपनि गुरुङ्ग केन्द्र सार्न असफल भएका थिए ।
गाउँपालीका अध्यक्ष निर्वाचन भईसकेपछि अध्यक्ष गुरुङ्गले प्रदेशको निर्णय आउन नपाउँदै केही निर्वाचन सदस्य तथा स्थानियको जोडबोल गरी बहुमतको निर्णय भन्दै आफुखुसी केन्द्र सारेपछि स्थानियहरुले गाउँपालीकामा धर्ना तथा विभिन्न विरोध गरे, विरोध पश्चात असोज २६ गते सर्वोच्चमा रिट दायर भयो ।
उक्त्त रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश गर्दै असोज २७ गते गाउँपालीका केन्द्र नसार्न तथा पहिलेको स्थानैमै रहेर कामकार्वाही अगाडी बढाउन फैसला गरेको थियो ।
उक्त्त फैसला पश्चात गाउँपालीका अध्यक्ष गुरुङ्गले अध्यक्षको वोर्ड छोप्राक मैदानमा रहेको केन्द्रमा झुन्ड्यापनी उनी चित्रेपोखरीमै रहने सेवाग्राही केन्द्र आउदा नभेटिने भएपछि यतिबेला गाँउपालीकाका जनताले हैरानी व्यहोर्नुपरेको एक स्थानीयले बताएका छन । यसरी सर्वोच्च अदालतको समेत मानहानी गरेर अध्यक्ष गुरुङ्गले जनतालाई हैरान बनाएको स्थानियहरुले गुनासो गरेका छन ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया