बैसाख २६, २०८३ शनिबार May 9, 2026

नोकिया प्योरबूक एक्स फोर्टिन ल्यापटप बजारमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नोकीयाले पहिलोपटक आफ्नो ल्यापटप सार्वजनिक गरेको छ । ईकमर्स कम्पनी फ्लिपकार्टमार्फत नोकिया प्योरबूक एक्स फोर्टिन ल्यापटप बजारमा ल्याएर सार्वजनिक गरेको छ ।

नोकिया प्योरबूक एक्स फोर्टिनको प्रि बुकिङ १८ डिसेम्बरदेखि सुरु हुनेछ । यो ल्यापटपको मूल्य ९५ हजार ९८४ रुपैयाँ तोकीएको छ । विण्डोज टेन ओएसका साथ आएको यो ल्यापटपमा १४ इन्चको फुल एचडी एलईडि ब्याकलिट स्क्रिन रहेको छ । यो ल्यापटपको स्क्रिन टु बडी रेसियो ८६ प्रतिशत रहेको छ । नोकिया प्योरबूक एक्स फोर्टिनको तौल १.१ किलोग्राम रहेको छ ।

केवल १६.८ एमएम मोटाई रहेको यो ल्यापटप निकै स्लिक डिजाइनमा तयार भएको छ । यसमा मजेदार साउण्डका लागि डल्बी अडियो सपोर्ट दिइएको छ ।यस ल्यापटपमा ८ जीबी डीडीआरर् ४ याम तथा ५१२ जीबी एनभीएमई रहेको छ । यो एसएसडीका साथ आएको यो ल्यापटपमा दशौं पुस्ताको इन्टेल आई फाइभ क्वाडकोर प्रोसेसर राखिएको छ ।

साथै राम्रो ग्राफिक्सका लागि यसमा तपाईंले १.१ गिगाहर्ज टर्बो जीपीयूसँगै इन्टिग्रेटेड इन्टेल यूएचडी ६२० ग्राफिक्स कार्ड समेत पाउन सकीने छ । ब्याट्री फास्ट चार्ज गर्न यसमा ६५ वाटको फास्ट चार्जिङ सपोर्ट दिइएको छ । यो ल्यापटपमा ८ घण्टासम्म टिक्ने ब्याट्री राखिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कङ्गोको द्वन्द्वग्रस्त क्षेत्रमा नागरिक असुरक्षा बढ्दो
२०८३ बैसाख २६, शनिबार
सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदका लागि दरखास्त आह्वान
२०८३ बैसाख २६, शनिबार
बुद्धका शिक्षासँग जेनेभा महासन्धिको सम्बन्धबारे जेनेभामा उच्चस्तरीय विमर्श
२०८३ बैसाख २६, शनिबार
विपद् जोखिम न्यूनीकरणका लागि प्रहरी तयारी अवस्थामा
२०८३ बैसाख २६, शनिबार
नेपालगन्ज १० म्युजिक नाइट रनमा सेनाका अक्कल र धादिङकी सन्तोषी च्याम्पियन
२०८३ बैसाख २६, शनिबार
बर्डफ्लुले ५० लाखको क्षति: अनुसन्धान फार्मका सबै पन्छी नष्ट
२०८३ बैसाख २६, शनिबार
विधिको शासनको कार्यान्वयनप्रति न्यायपालिका प्रतिबद्ध छः कामु प्रधानन्यायाधीश
२०८३ बैसाख २६, शनिबार