काठमाण्डौं: पछिल्लो समय सर्वसाधरणको लागी लोकप्रिय हुदै गएको राजधानीको बानेश्वरस्थित पठाओको कार्यालयमा तोडफोड भएको छ ।
केही समययता कम्पनीविरुद्ध राइडरहरुले विभिन्न माग राखेको र उक्त्त माग पुरा नहुदां आन्दोलित गर्दै आएका राइडरहरुको एक समूहले कार्यालयमा तोडफोड गरेको प्रहरीले बताएको छ ।
कम्पनीका अनुसार कम्पनी र आन्दोलनरत पक्षबीच वार्ता भएर सहमति जुटेको भन्दै निर्णय सुनाइँदै गर्दा सोमबार एक समूहले तोडफोड गरेको हो । तोडफोडमा संलग्न केही युवालाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त नयाँ वानेश्वरका डीएसपी दक्ष बस्नेतले जानकारी दिए ।
राइडरहरुले भने कम्पनीले आफूखुसी निर्णय गरेको, सेवा सुविधा नदिएको, राइडिङ्ग बापतको कमिसन समेत धेरै लिएर कामदार मार्ने काम गरेको लगायतको आरोप लगाउँदै राइडरहरु आन्दोलित हुँदै आएका छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया