श्रावण २९, २०८३ शुक्रबार August 14, 2026

भारतमा तीन नेपाली मजदुरको हत्या

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । भारतको पिथौरागढमा तीन नेपाली मजदुरको विभत्स हत्या भएको छ ।

बैतडीको पुरचौडी नगरपालिका(५ दहतालीका ३६ वर्षीय हरे बोहरा र सोही स्थानका २७ वर्षीय बीरा बोहरा र पुरचौडी नगरपालिका(४ भटना तडीखेतका ३६ वर्षीय काशी बोहराको हत्या भएको हो । हरे र बीरा सहोदर भाइ हुन् ।

उनीहरुको पिथौरागढको मडधुरा गाउँमा ८ कात्तिकमा हत्या भएको हो । उनीहरुको हत्याबारे आइतबार मात्रै थाहा भएको जिल्ला समन्वय समिति बैतडीका उपप्रमुख धनबहादुर बोहराले बताएका छन् । उनले भनेका छन्, ‘उनीहरुलाई धारिलो हतियारले काटेर हत्या गरिएको खबर प्राप्त भएको छ ।’

उनीहरुले पिथौरागढमा डेढ वर्षयता मजदूरी गर्दै आएका थिए । बीरा केही महिनाअघि मात्रै दाजुभाउजूलाई भेट्न पिथौरागढ गएका थिए र उतै मजदूरी गर्दै आएका थिए ।

हरे बोहराकी श्रीमती किर्रा बोहरा सम्पर्कविहीन छिन् । यो घटनामा उनको संलग्नता हुनसक्ने आशंका स्थानीय प्रहरीले गरेका छन् । मृतक तीनै जनाको शव पोष्टमार्टमका लागि पिथौरागढमै राखिएको छ ।

टाइम्स अफ इन्डियाका अनुसार उनीहरु बसेको घर गाउँभन्दा केही टाढा जंगलमा पर्दछ । स्थानीयबासीले प्रहरीलाई दिएको जानकारीअनुसार केही व्यक्तिहरु जिप चढेर उनीहरु बसेको घरमा गत शुक्रबार आएका थिए । घरको भान्सा कोठामा मासु र अन्य खानेकुराहरु पनि भेटिएको छ । भारतीय मिडियाहरुका अनुसार अलमोडाबाट घटनास्थलमा आएको फरेन्सिक जाँचको टोलीले फिंगर प्रिन्टलगायतका नमूना संकलन गरेर फर्किएको छ ।

भारतीय प्रहरीले हत्याको अनुसन्धान गर्न र हत्यामा संलग्न व्यक्तिलाई पक्राउ गर्न तीनवटा टिम गठन गरेको टाइम्स अफ इन्डियाको समाचारमा उल्लेख छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जेनजी आन्दोलनको राजनीतिक सहमति सबैले स्वीकार्नु पर्छः मन्त्री गौतम
२०८३ श्रावण २९, शुक्रबार
मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ६ पदमा जागिर खुल्यो, भदौ १२ सम्म आवेदन
२०८३ श्रावण २९, शुक्रबार
सरकारी कर्मचारीलाई वैदेशिक भ्रमणमा पूर्वस्वीकृति अनिवार्य
२०८३ श्रावण २९, शुक्रबार
दीर्घकालीन सहकार्यबारे युएनएफपिएसँग स्वास्थ्यमन्त्रीको छलफल
२०८३ श्रावण २९, शुक्रबार
काठमाडौं विश्वविद्यालयका उपकुलपतिमा विवेक बराल नियुक्त
२०८३ श्रावण २९, शुक्रबार
‘विगत बिर्सेर कांग्रेस एकताका लागि पहल गरौँ’ : डा. प्रकाशशरण महत
२०८३ श्रावण २९, शुक्रबार
मुग्लिन–मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम
२०८३ श्रावण २९, शुक्रबार