असार १२, २०८३ शुक्रबार June 26, 2026

तिहारमा पनि खुल्ला छन् यी बैंक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । सिंगै देश तिहारको माहोलमा झुमिरहेका बेला अधिकांस सरकारी र निजी कार्यालयहरु बन्द छन् । सरकारले तिहारका लागि ४ दिन सार्वजनिक बिदा दिएको छ ।

सार्वजनिक बिदा भएकाले प्राय बैंक तथा वित्तिय संस्था पनि चार दिन खुल्दैनन् । तर, यो बेला कसैलाई अभर पर्न सक्छ । बैंकमा रहेको पैसा आजै निकाल्नुपर्यो भने के गर्ने ? एटीएमको विकल्प छ, तर यसको सेवामा सीमितता हुन्छ ।

यही अवस्थालाई मध्यनजर गर्दै केही बैंकले तिहार बिदाका बेलामा पनि आफ्ना केही शाखा खोलिरहेका छन् । तिहार बिदामा पनि सेवा दिने ‘क’ वर्गका मात्रै आधा दर्जनभन्दा बढी बैंक छन् । ती बैंकहरुले सार्वजनिक सूचना नै जारी गरेर तिहारमा सेवा दिने बताएका थिए ।

बहुमत सेयर नेपाल सरकारको रहेको कृषि विकास बैंकले सर्वसाधारणको सेवालाई लक्षित गर्दै आफ्ना ग्राहकका लागि तिहार बिदामा समेत खुला राखेको छ । बैंकले तिहार बिदाको बेला अर्थात् कात्तिक १० र ११ गते शाखा खोल्ने बताएको छ । भाइटीकाको दिन १२ गते भने बैंक बन्द रहनेछ ।

बैंकले बिदाका बेला शाखा कार्यालयहरु बिहान १० बजेदेखि २ बजेसम्म खुल्ला रहने जानकारी दिएको छ । यस अवधिमा बैंकले नगद जम्मा गर्ने र चेक सटही लगायतका काम मात्रै गर्नेछ ।

बैंकले बिर्तामोड, विराटनगर, धरान, फिक्कल, दमक, गाइघाट, लहान, राजविराज, शिवकचोक, बदिृबास, मलंगवा, जलेश्वर, वीरगञ्ज, हाकिमचोक, सौरहा, लगनखेल, पुतलीसडक र प्रधान कार्यालय रहेको स्थान रामशाहपथमा समेत सेवा दिने बताएको छ ।

निजी क्षेत्रका एनएमबी बैंक, ग्लोबल आइएमई बैंक, मेगा बैंक नेपाल, सिभिल स्ट्याण्डर्ड चाटर्ड, कुमारी बैंक र सिद्धार्थ बैंक तिहारको बिदामा सेवा दिने बताएका छन् । एनएमबि बैंकले आफ्नो ५ शाखाबाट लक्ष्मी पूजा र गोवर्द्धन पूजाको दिन सेवा दिने जानकारी दिएको छ ।

ग्लोबल आइएमई बैंकले लक्ष्मी पूजा, गाईतिहारका साथै भाइटिकाका दिन समेत कान्तिपथ शाखाबाट सेवा दिने बताएको छ । एनएमबि बैंकका अनुसार काठमाडौंको कान्तिपथ, विराटनगर, पोखरा, फिदिम र बुटवलको शाखामार्फत सेवा दिने बताएको छ ।

कुमारी बैंकले तिहार विदामा आफ्नो ५ वटा शाखा कार्यालयहरु खुला गरेर बैंकिङ सेवा प्रदान गर्ने भएको छ । बैंकले उक्तमध्ये दुई शाखा कार्तिक १० र ११ गते खोल्नेछ बाँकी ३ शाखा कार्यालयहरू कार्तिक १० गते मात्र खुल्ला रहने छ ।

स्टाण्डर्ड चार्टडको लाजिम्पाट, लतिपुर, न्यूरोड र बिराटनगर शाखा कार्यालयहरु खुला रहने बताइएको छ भने सिभिल बैंकले १३ शाखाबाट सेवा दिने बताएको छ । सिद्धार्थ बैंकले उपत्यकाभित्र ४ र उपत्यका बाहिरका १० वटा गरी १४ शाखाबाट तिहार बिदामा सेवा दिने बताएको छ । उपत्यकाभित्र न्यूरोड र तिनकुने शाखा खुला रहने बताएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रास्वपा देशकै प्रमुख शक्तिका रूपमा परिपक्व भएर अगाडि बढ्छ : सभापति लामिछाने
२०८३ असार १२, शुक्रबार
महिला टि–ट्वान्टी क्रिकेटः एपीएफ र कोशी उपाधिका लागि भिड्ने
२०८३ असार १२, शुक्रबार
न्यायपालिका र सञ्चार माध्यम एक अर्काका परिपूरक हुन् : प्रधान न्यायाधीश डा शर्मा
२०८३ असार १२, शुक्रबार
भेनेजुएला भूकम्प: मृतकको संख्या २३५ पुग्यो
२०८३ असार १२, शुक्रबार
अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै
२०८३ असार १२, शुक्रबार
२० वर्ष पूरा भएका अविवाहित छोरीका अभिभावकलाई सम्मान, छोरीलाई प्रोत्साहन रकम
२०८३ असार १२, शुक्रबार
सुनचाँदीको मूल्य अस्थिर
२०८३ असार १२, शुक्रबार