बैसाख १९, २०८३ शनिबार May 2, 2026

अन्तिम मतदाता नामावली तयारीको प्रक्रिया सुरू भएको छ : निर्वाचन आयोग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं: निर्वाचन आयोग नेपालले आगामी बैशाख १७ र २७ गते हुने मध्यावधी निर्वाचनलाई मध्यनजर गर्दै “मतदानस्थल तथा मतदान केन्द्र निर्धारण कार्यविधि, २०७७” र त्यसको कार्यान्वयनका लागि “मतदान स्थल तथा मतदान केन्द्र पुनरावलोकन सम्बन्धी कार्यक्रम, २०७७” स्वीकृत गरेको छ ।

निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार स्वीकृत कार्यविधी र कार्यक्रमअनुसार यही पुस २३ गतेबाट जिल्लास्तरमा मतदानस्थल तथा मतदान केन्द्र निर्धारण सम्बन्धी काम सुरु गरिनेछ । प्रवक्ता श्रेष्ठले प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला मतदानस्थल तथा मतदान केन्द्र सिफारिस समिति रहने उनले जानकारी दिए ।

‘समितिले उक्त कार्य सम्पन्न गरी मिति २०७७/१०/१७ गते सम्ममा कार्य सम्पन्न गर्नुपर्ने गरी कार्यतालिका समेत स्वीकृत भएको छ । प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेकोे जिल्ला मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समिति मार्फत मतदानस्थल तथा मतदान केन्द्र पुनरावलोकन सम्बन्धी कार्यक्रम सञ्चालन हुने भएको छ ।

आयोगले मंगलबार एक विज्ञप्ति जारी गर्दै, सबै राजनीतिक दल, स्थानीय तह, नागरिक समाज, पत्रकार तथा सम्पूर्ण सरोकारवालाहरूबाट मतदान केन्द्र पुनरावलोकन कार्यक्रममा आ–आफ्नो तर्फबाट आवश्यक सहयोग गरिदिनुहुन आयोग हार्दिक अपिल गर्दछ’,  भनिएको छ ।

केपी ओली नेतृत्वको सरकारले गत भदौ ५ गते संसद् भंग गरेर २०७८ बैशाख १७ गते शुक्रबार पहिलो चरण र २७ गते सोमबार दोस्रो चरणमा प्रतिनिधि सभा सदस्य निर्वाचन हुने गरी निर्वाचनको मिति घोषणा गरेपछि आयोगले घोषणा भएको मितिमा निर्वाचन सम्पन्न गर्न तयारीका विभिन्न कार्यहरू भइरहेको पनि जनाएको छ ।

आयोगले ‘यस क्रममा निर्वाचनको लागि अन्तिम मतदाता नामावली तयारीको प्रक्रिया शुरू भइसकेको छ । मतदाता नामावली तयारी सम्बन्धी कार्य गर्दा मतदान स्थल तथा मतदान केन्द्र निर्धारण सम्बन्धी कार्य समेत सँगसँगै गर्नुपर्र्नेे कारणले गर्दा अन्तिम मतदाता नामावली प्रकाशन गर्नु अगावै मतदान स्थल तथा मतदान केन्द्र पुनरावलोकन सम्बन्धी कार्य सम्पन्न गरिसक्नुपर्ने हुन्छ’, आयोगले प्रस्ट पारेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सुरक्षित, समावेशी तथा दिगो ‘डिजिटल इकोसिस्टम’ निर्माण सरकारको प्रमुख प्राथमिकता होः सञ्चारमन्त्री तिमिल्सिना
२०८३ बैसाख १९, शनिबार
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
२०८३ बैसाख १९, शनिबार
आजको मौसम : केही स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना
२०८३ बैसाख १९, शनिबार
बनेपामा चण्डेश्वरी भगवती जात्रा शुरु
२०८३ बैसाख १९, शनिबार
पोखरा महिला गोल्डकप : उद्घाटन खेलमा पुलिसको सानदार जित, फाइनलमा प्रवेश
२०८३ बैसाख १९, शनिबार
गोरखापत्र दैनिकको प्रधान सम्पादकमा जुनार बस्नेत नियुक्त
२०८३ बैसाख १९, शनिबार
दाङमा मुटुको ‘एन्जियोप्लाष्टि’ सेवा सुरु
२०८३ बैसाख १८, शुक्रबार