श्रावण १५, २०८३ शुक्रबार July 31, 2026

गिती एल्बममा गाँउपालिकाको लगानी (भिडियोमा हेर्नुहोस)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः जाजरकोटको जुनीचाँदे गाउँपालिकाले सात लाख रुपैयाँ खर्च गरेर गीत तयार गरेको छ। ऐतिहासिक सम्पदाको संरक्षण र पर्यटन क्षेत्रहरुको प्रचारप्रसार गर्ने उद्देश्यले गीत निकालेको गाउँपालिकाले जनाएको छ।

‘जुनीचाँदे गाउँ’ बोलको गीतलाई गाउँपालिकाले ‘गान’को रुपमा प्रयोगमा गर्ने कार्यवाहक अध्यक्ष शिवा आचार्यले जानकारी दिइन् ।

‘गीतमा जुनीचाँदेका ऐतिहासिक सम्पदा र पर्यटकीय स्थलहरु समेटेका छौं। गीतलाई गाउँपालिकाको ‘गान’ र पर्यटकीय स्थलहरुको प्रचारप्रसार गर्ने माध्यमका रुपमा प्रयोग गर्छौँ,’ उनले भनिन्।

रेशम शाही र मेलिना राईले आवाज भरेको गीतमा  अध्यक्ष आचार्यको शब्द संकलन छ। गीतको बहुप्रतिभा तथा कला संरक्षण केन्द्र जाजरकोटले भिडियो छायांकन गरेको हो।

उपेन्द्र तिमिल्सिनाले निर्देशन गरेको भिडियोमा देश राई, रमेश बोहरा, तारा थापा, शसिविक्रम थापा, राजन थापा, लगायतले अभिनय गरेका छन्।

भिडियोमा हेर्नुहोसः 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया