असार २०, २०८२ शुक्रबार July 4, 2025

प्रधानमन्त्री आफैंले मोदीसँग वार्ता गर्नुपर्छ : नेता पौडेल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

भद्रपुर । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाल सरकारले सीमा विवादमा देखिएको समास्या समाधानका लागि प्रधानमन्त्री आफैले भारतसँग वार्ता गर्न सुझाव दिएका छन् ।

नेपाल प्रेस युनियन झापा शाखाले बिहीबार यहाँ आयोजना गरेको पत्रकार भेटघाटमा उनले सीमा विवाद सचिवस्तरको बैठकबाट नटुङ्गिने भएकाले प्रधानमन्त्री स्वयंले भारतीय प्रधानमन्त्रीसँग बार्ता गर्नुपर्ने बताएका छन ।

विवाद समाधानका लागि सरकार अघि बढे त्यसमा सहयोग गर्न प्रतिपक्षी दल काङ्ग्रेससमेत तयार रहेको जानकारी दिँदै नेता पौडेलले आवश्यक प्रमाण नजुटाई हतारमा सीमा विवादको कुरालाई अन्तर्राष्ट्रियकरण नगर्न सुझाव दिएका छन ।

‘छिमेकीको हेपाहा प्रवृत्ति र नेपालको लापरवाहीका कारण सीमा सुरक्षामा प्रश्न उठेको छ’, नेता पौडेलले भने,’अहिले दुईतिहाईको बलियो सरकार छ, कसैले ढाल्छ कि भनेर डराउनुपर्ने अवस्था छैन, यो सरकारले लिपुलेक, लिम्पियाधुरा, कालापानीसहित सीमा विवाद देखिएका अन्य क्षेत्रमा नेपालको भू–भाग जतिका प्रमाण सङ्कलन गरेर सरकार कडा रुपमा प्रस्तुत होस् ।’

नेपाली काङ्ग्रेस झापा शाखाको आयोजनामा आज जिल्ला पार्टी कार्यालयमा हुने कार्यकर्ता भेलालाई सम्बोधन गर्न काङ्ग्रेस नेता डा शेखर कोइराला, अर्जुननरसिंह केसी, डा.रामशरण महत, डा मीनेन्द्र रिजाल, धनराज गुरुङ, सरिता प्रसाईं र बद्रि पाण्डे झापा आएका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
लिभरपुलले दिवंगत जोटाको सम्झनामा २० नम्बर जर्सी स्थायी रूपमा हटाउने
२०८२ असार २०, शुक्रबार
सेनाको निःशुल्क स्वास्थ्य शिविरबाट ४२२ जना स्थानीयवासीहरू लाभान्दित
२०८२ असार २०, शुक्रबार
ट्रम्पको विवादास्पद कर तथा खर्चसम्बन्धी विधेयक अमेरिकी संसदबाट पारित
२०८२ असार २०, शुक्रबार
‘पृतनापति ट्रफी २०८२’ प्रतियोगिता सुरु, सेनाका एकाइबीच ७ खेलमा प्रतिस्पर्धा
२०८२ असार २०, शुक्रबार
पहिलोपल्ट राष्ट्रिय महिला फाइभ ‘ए’ साइड हकी प्रतियोगिता हुने
२०८२ असार २०, शुक्रबार
विपत् व्यवस्थापन कार्यमा जुट्न माओवादी केन्द्रको निर्देशन
२०८२ असार २०, शुक्रबार
भन्सार छलेर ल्याइएका १८ लाखका कपडा बरामद
२०८२ असार २०, शुक्रबार