असार २१, २०८२ शनिबार July 5, 2025

टोपीमा भोट मागेपछि नेकपाका दुई नेतामाथि कारवाही

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । उम्मेदवारी फिर्ता लिएर वाम गठबन्धनका उम्मेदवारलाई समर्थन गरिसकेका शेरमान घर्तीको चुनाव चिह्नमा भोट माग्दै हिडेपछि नेकपाले बागलुङका दुई स्थानीय नेतालाई कारवाही गरेको छ ।

पार्टीका जिल्ला तहका नेता तुलसीराम अर्याल र दधिराम अर्याललाई शेरमानको उम्मेदवारी कायमै रहेको भन्दै उनले पाएको चुनाव चिह्न टोपी दुरुपयोग गरेकाले कारवाही गरिएको नेकपाले जनाएको छ ।

नेकपाले शुक्रबार तुलसीरामलाई पार्टी सदस्यबाट निलम्बन र दधिरामलाई पार्टी सदस्य नरहने गरी निश्कासन गरेको जिल्ला अध्यक्ष इन्द्रलाल सापकोटाले प्रेस विज्ञप्तिमार्फत जनाएका छन् ।

उम्मेदवारी फिर्ता लिने दिन ढिलो पुगेपछि प्राविधिक कारण घर्तीको चुनाव चिह्न मतपत्रम यथावत छ । यद्यपी उनले पत्रकार सम्मेलन गरेर आफू उम्मेदवार नरहेको भन्दै नेकपा समर्थित बामपन्थी उम्मेदवार खिमबिक्रम शाहीलाई समर्थन गरेका थिए । शाही राष्ट्रिय जनमोर्चाको गिलास चिह्नबाट उम्मेदवार छन् ।

उनीहरुमाथि शेरमानलाई बागी उठाउने, उम्मेदवारी फिर्ता नलिन दबाब दिने र हेलिकोप्टर लिन जाँदा पनि ढोका थुनेर राखेको आरोप लगाइएको छ । दधिरम अहिले पनि शेरमानको चुनाव चिह्न टोपी बनाएर प्रचार प्रसारमा लागेपछि निश्कासन गरिएको विज्ञप्तिमा जनाइएको छ ।

निश्कासनमा परेका दुवै नेता यसअघि नेकपा मसालमा थिए । तुलसीराम २०७० मा माओवादीबाट संविधानसभा सदस्यको उम्मेदवार बनेका थिए भने दधिराम नेकपा एमालेबाट गत चुनावमा प्रदेशसभामा सिफारिस भएका थिए । तर उनको ठाउँमा राष्ट्रिय जनमोर्चालाई छाडिएपछि उम्मेदवारी फिर्ता भएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रुसी आक्रमणपछि ट्रम्पद्वारा नयाँ प्रतिबन्धको सङ्केत
२०८२ असार २१, शनिबार
शान्ति स्थापनाका लागि वार्ता गर्न तयार छौंः हमास
२०८२ असार २१, शनिबार
‘कुलिङ पिरियड’ प्रकरण : सात सदस्यीय छानबिन समिति बनाउन दलहरु राजी
२०८२ असार २१, शनिबार
वीरगञ्ज नाका : भटमासको कच्चा तेल आयात ५२ अर्ब बढी, निर्यात ५५ अर्ब
२०८२ असार २१, शनिबार
‘भुटान पिपुल्स पार्टी गिरिजाबाबुले खडा गर्नुभएको हो’ : डा. शेखर कोइराला
२०८२ असार २१, शनिबार
प्रतिकुलता, असहजता, विघ्नवाधामा अनुकूलता खोज्न जरुरी : प्रधानन्यायाधीश राउत
२०८२ असार २१, शनिबार
विवेकशील साझा पार्टीको कार्यवाहक अध्यक्षमा परियारलाई जिम्मेवारी
२०८२ असार २१, शनिबार