काठमाण्डौंः संयुक्त राज्य अमेरिकाले यूक्रेनमा विकसित पछिल्लो घटनाक्रमलाई आफूले नजिकबाट नियालेको भन्दै रूसलाई यूक्रेनविरूद्ध कडा कदम नचाल्न रूसलाई चेतावनी दिएकाे छ ।
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले आइतबार अमेरिकी समाचार संस्था, एनबीसी टेलिभिजन,लाई दिएको एक अन्तर्वार्तामा रूसलाई चेतावनी दिँदै भने, “यूक्रेनविरूद्ध कडा कदम चालेमा यसको ‘परिणाम’ रूसले ब्यहोर्नुपर्नेछ ।
उनले भने, “मैले भन्नुपर्छ अमेरिका यूक्रेनी सिमानामा रूसी कदमप्रति गम्भीर चासो ब्यक्त गर्दछ।” अमेरिकाले यूरोप क्षेत्रमा सैन्य व्यवस्थापन विषयमा कुरा गर्ने क्रममा अमेरिकी विदेशमन्त्रीको उक्त भनाइ आएको हो ।
“अमेरिकी राष्ट्रपति जो बाइडेन यस बिषयमा बहुतै प्रस्ट छन्। यदि रूसले जथाभावी वा आक्रामक रूपमा प्रस्तुत भएमा यसको ठूलो मूल्य चुकाउनुपर्नेछ,” ब्लिङ्केनले भने ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया