असार २८, २०८२ शनिबार July 12, 2025

बङ्लादेशमा एकै दिनमा अहिलेसम्मकै सबैभन्दा धेरैको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः कोरोना भाइरसको महामारी फैलिइरहेको बङ्लादेशमा बुधबार एकैदिन अहिलेसम्मकै सवैभन्दा धेरैको मृत्यु भएको छ ।

सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार कोरोनाका कारण बङ्लादेशमा एकैदिनमा ९६ जनाको मृत्यु भएको हो । योसँगै बङ्लादेशमा कोरोनाका कारण मृत्यु भएकाहरुको कुल सङ्ख्या नौ हजार ९८७ पुगेको अधिकारीहरुले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

बङ्लादेशमा एकैदिनमा सवैभन्दा धेरै सङ्क्रमित भने यही अप्रिल ७ मा भएका थिए । त्यो दिन सात हजार ६२६ जना सङ्क्रमित भएका थिए । स्वास्थ्य सेवा महानिर्देशनालयले पछिल्लो २४ घण्टामा पाँच हजार १८५ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको जनाएको छ ।

बङ्लादेशमा कोरोना भाइरसबाट अहिलेसम्म सङ्क्रमितहरुको कुल सङ्ख्या सात लाख तीन हजार १७० पुगेको पनि अधिकारीहरुले जनाएका छन् । पछिल्लो २४ घण्टामा बङ्लादेशमा २४ हजार ८२५ जनाको कोरोना परीक्षण गरिएको छ ।

कोरोना भाइरसबाट सङ्क्रमित भएर पनि अहिले सङ्क्रमणमुक्त भइसकेकाहरुको सङ्ख्या पाँच लाख ९१ हजार २९९ पुगेको तथ्याङ्क छ ।रासस/सिन्ह्वा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया