श्रावण ३१, २०८३ आइतबार August 16, 2026

वैकल्पिक माध्यमबाट कक्षा सञ्चालनको व्यवस्था मिलाउन संसदीय समितिको निर्देशन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सङ्घीय संसद्को दिगो विकास तथा सुशासन समितिले कोरोना प्रभावित क्षेत्रका विद्यालय बन्द गरी वैकल्पिक माध्यमबाट कक्षा सञ्चालनको व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ ।

समितिको आज सिंहदरबारमा बसेको बैठकले कोरोना सङ्क्रमणको जोखिम बढी भएको सहरी क्षेत्रका विद्यालयहरूमा विद्यार्थीको भौतिक उपस्थितिमा कक्षा सञ्चालन नगर्न निर्देशन दिएको हो ।
समितिले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको निर्देशन विपरीत शिक्षक तथा विद्यार्थीमा कोरोना फैलिएको पुष्टि हुँदा समेत विद्यालय सञ्चालन गर्ने तथा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना नगर्ने विद्यालयलाई कारबाहीको दायरामा ल्याउन पनि निर्देशन दिएको छ ।
समितिका अध्यक्ष तारादेवी भट्टको अध्यक्षतामा बसेको बैठकले देशका विभिन्न बन क्षेत्रमा भइरहेका आगलागी, वातावरण प्रदूषण एवं कोरोनाका कारण निर्धारित समयभित्र दिगो विकासका लक्ष्य हासिल गर्न चुनौति थपिएको ठहर गर्दै यसको समाधानका लागि सम्बन्धित क्षेत्रका विज्ञ एवं सरोकारवाला हरूसँग छलफल गर्ने पनि निर्णय गरेको छ ।
बैठकमा सांसदहरू वामदेव गौतम, रमेश जङ्ग रायमाझी, दीननाथ शर्मा कविता बोगटी गङ्गाकुमारी बेल्वासे लगायतले केही दिनदेखि काठमाडौं उपत्यकासहित देशका विभिन्न क्षेत्रमा फैलिएको वायु प्रदूषण नियन्त्रण गर्न सरकारले पर्याप्त चासो नदेखाएको बताउनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाली कांग्रेसद्वारा पार्टीका सदस्यहरुलाई विपदमा परेकाको उद्धारमा जुटन निर्देशन
२०८३ श्रावण ३१, आइतबार
त्रिविको BIT प्रवेश परीक्षाको नतिजा केही घण्टामै सार्वजनिक
२०८३ श्रावण ३१, आइतबार
बिपी, गणेशमानजस्ता नेतालाई निजीकरण गरी घरभित्र कैद गर्नुहुँदैनः सभापति थापा
२०८३ श्रावण ३१, आइतबार
इरानद्वारा अमेरिकी सैनिक मार्ने वा पक्रने व्यक्तिलाई ३० हजार डलर इनामको घोषणा
२०८३ श्रावण ३१, आइतबार
टप एण्ड टी–२० सिरिज खेल्ने नेपाल ‘ए’ टिमको बिदाइ
२०८३ श्रावण ३१, आइतबार
खोटाङमा स्थानीय तहको सङ्ख्या र सीमा हेरफेरसम्बन्धी छलफल सुरु
२०८३ श्रावण ३१, आइतबार
कांग्रेस संस्थापन इतर पक्षले आयोजना गरेको तीन दिने राष्ट्रिय सम्मेलन सम्पन्न
२०८३ श्रावण ३१, आइतबार