असार २९, २०८२ आइतबार July 13, 2025

अफगानिस्तानमा २४ घण्टामा ५० बढी विद्रोहीको सुरक्षा कारबाहीमा मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः अफगानिस्तानमा विगत २४ घण्टामा अधिकांश विद्रोही तालिवान लडाकूसहित ५० भन्दा बढी व्यक्तिको विभिन्न झडपमा मृत्यु भएको अफगानी सरकारी अधिकारीले बताएका छन् ।

वाशिङ्गटनले आफ्नो सेनालाई अफगानिस्तानबाट फिर्ता लाने निर्णय गरिसकेको छ । यसका लागि वासिङ्टनले आफ्नो तयारीलाई अन्तिम चरणमा पु¥याएको छ ।

पछिल्लो पटक तालिवान लडाकूले तखार प्रान्तको राजधानी तालुकान सहरको बाहिरी घेरामा रहेको एउटा सुरक्षा जाँच केन्द्रमा शनिबार बिहान आक्रमण गरी सरकार निकट मानिने चार लडाकूलाई मारेका थिएभने पाँच घाइते भएका थिए ।

यसको जवाफमा सरकारी सुरक्षाकर्मीले इमाम साहिब जिल्लामा आक्रमण गरेको बताइएको छ । उक्त घटनामा दुई तालिवान लडाकूको मृत्यु भयो भने चारलाई पक्राउ गरिएको मोहम्मद स्माएलले सिन्ह्वासँग बताउनुभयो ।

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जो बाइडेनले बुधवार अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता मे १ देखि गर्ने घोषणा गर्नुभएको छ र यो प्रक्रिया सेप्टेम्बर ११ मा सम्पन्न हुनेछ ।

अफगानिस्तानका लडाकू विमानहरूले पश्चिमी निमरोज प्रान्तको खाशरोद जिल्लामा तालिबानी लडाकू समूहको भेलालाई लक्षित गरि गरेको अर्को एक आक्रमणमा शुक्रबार अपरान्ह् २२ लडाकूको मृत्यु भएको यहाँको रक्षा मन्त्रालयद्वारा जारी एक विज्ञप्तिमा उल्लेख गरिएको छ । उक्त कारबाहीबाट १७ सैनिकसहित २० सुरक्षाकर्मीलाई तालिवानी समूहको कब्जाबाट मुक्त गरिएको दावी रक्षा मन्त्रालयले गरेको छ ।

त्यस्तै अफगानिस्तानका विभिन्न स्थानमा गरिएका स्थल कारबाहीमा विगत २४ घण्टामा अन्य २० तालिवान लडाकूको मृत्यु भएको सेनाले पुष्टि गरेको छ । यी घटनाबारे तालिवान समूहको धारणा सार्वजनिक भइसकेको छैन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रपति पौडेलबाट आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीको शुभकामना
२०८२ असार २९, आइतबार
आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती विविध कार्यक्रम गरी मनाँईदै
२०८२ असार २९, आइतबार
एकपटक मात्रै पनि ‘चेक बाउन्स’ भए अब सिधैं कालोसूचीमा
२०८२ असार २९, आइतबार
प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्घाटन
२०८२ असार २८, शनिबार
प्रधानमन्त्रीबाट दुई सयलाई जग्गा धनीपूर्जा वितरण
२०८२ असार २८, शनिबार
‘नेपालसँगको सम्बन्ध चीनको प्राथमिकतामा’ – झलनाथ खनाल
२०८२ असार २८, शनिबार
देशमा केही भएन भन्ने भाष्य गलत – यथार्थ नबुझी लहैलहैमा नलाग्न आग्रह : उपप्रधानमन्त्री सिंह
२०८२ असार २८, शनिबार