भाद्र २, २०८३ मंगलबार August 18, 2026

उदयपुरगढीमा खानेपानीको हाहाकार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः पर्यटकीयस्थलका रुपमा परिचित उदयपुरगढी गाउँपालिकाको उदयपुरगढी क्षेत्रमा खानेपानीको चरम समस्या भएको छ । डेढ महिनादेखि उक्त क्षेत्रमा पानी लिफ्टिङ गर्ने जेनेरेटर बिग्रिएकाले खानेपानीको हाहाकार भएको हो । स्थानीय होटेल व्यवसायी तथा होमस्टे सञ्चालक कृष्ण धमलाले गढी क्षेत्रमा खानेपानीको समस्या भएको बताए ।

तीन किलोमिटर दूरीमा रहेको जोगिधाराबाट लिफ्टिङ गरेर पानी तान्ने गरिएको थियो । यसबाट गढी गाउँपालिकाको कार्यालयसहित झण्डै ५० घरले पानीको उपयोग गर्दै आएका थिए । केही स्थानीयवासी दुई घण्टा लाग्ने जोगिधारा र ९ किलोमिटर वैद्यनाथ खोलाबाट ट्याक्टरमा पानी बोकाएर खान बाध्य छन् । गढी घुम्न आउने पर्यटकसमेत पानीको समस्या देखेर गढीमा बास बस्न छाडेका छन् भने घुम्न आउने पर्यटकको संख्या पनि ह्वात्तै घट्न पुगेको होमस्टे सञ्चालक देवराज राईले जानकारी दिए ।

गाउँपालिकाकी उपाध्यक्ष सानुकुमारी राउत भन्छिन्, ‘केही वर्षदेखि गढी क्षेत्रमा खानेपानी समस्या समाधान गर्न जोगिधाराबाट लिफ्टिङ गरेर गढीका ५० घरपरिवारलाई धाराबाट पानी वितरण गर्दै आएका हौं । केही महिनादेखि प्राविधिक समस्याका कारण खानेपानीको समस्या आयो ।’ गढी क्षेत्रमा बिजुली आइसकेको र मेसिन सञ्चालन गर्न तेल नचाहिने हुँदा खानेपानीको समस्या छिट्टै समाधान हुने उनले दाबी गरिन् ।

गाउँपालिकाका अध्यक्ष मोहन केपीछाके मगरले खानेपानी समस्या समाधान गर्न वैद्यनाथ खोलादेखि नै पानी लिफ्टिङ गरेर गढी क्षेत्रसम्म पुर्‍याउन लागिएको बताए । गढी समुद्री सतहदेखि दुई हजार मिटरको उचाइमा रहेको ऐतिहासिक स्थल हो । तत्कालीन राजा पृथ्वीनारायण शाहका फौजले आक्रमण गर्नु अघि गढीमा उदयसेन राजाले राज्य गरेको इतिहास छ ।

गढीमा एक हजार वर्ष पुरानो वरको रूख र पञ्चावती देवीको मन्दिर छ । गढीबाट उत्तरतिर एकैपटक ६ वटा हिमशृंखलाहरु अवलोकन गर्न सकिन्छ । गढीबाट दक्षिणतिर तराईको जनकपुर, सिरहा, सप्तरीसहित पश्चिमतिर सिन्धुली, रामेछाप, ओखलढुंगा तथा उत्तरमा खोटाङ र भोजपुर क्षेत्र एकैचोटि अवलोकन गर्न सकिन्छ ।

एक सय गन्तव्यको सूचीमध्येमा पर्ने गढी क्षेत्रका धेरै बासिन्दा खानेपानीको समस्याका कारण गाउँ छाडेर अन्यत्र बसाइँ सर्ने क्रम बढ्दै गएको छ । २०६४ सालसम्म गढीक्षेत्रमा २२० घर रहेको भए पनि बसाइँ सर्ने क्रम बढ्दै गएपछि अहिले ५० घर मात्र रहेका छन् । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कानुनको अधिनमा रहेर व्यावसायिक प्रतिस्पर्धा गर्नुपर्छ : मन्त्री डा. तिमिल्सिना
२०८३ भाद्र २, मंगलबार
दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउन ट्रम्पको निर्देशन
२०८३ भाद्र २, मंगलबार
इन्डोनेसियामा भूकम्प, १२ हजारभन्दा बढी विस्थापित
२०८३ भाद्र २, मंगलबार
ओलीका ‘घरबेटी’ किरण थापा बागमतीको मुख्यमन्त्रीका उम्मेदवार
२०८३ भाद्र २, मंगलबार
श्रीलङ्कामा न्यायिक सुधार विवादमा
२०८३ भाद्र २, मंगलबार
काँग्रेसको १५ औं महाधिवेशन कार्यतालिका सार्वजनिक
२०८३ भाद्र २, मंगलबार
सरकार र दुर्गा प्रसाईं नेतृत्वको महाअभियानबीच औपचारिक वार्ता सुरु
२०८३ भाद्र २, मंगलबार