मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

टीएलपीको कब्जामा रहेका पाकिस्तानी प्रहरी मुक्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः कट्टरपन्थी इस्लामिक पार्टीका समर्थकहरूद्वारा आइतबार बन्धक बनाएका सबै पाकिस्तानी प्रहरी र विशेष वन अधिकारीहरूलाई सोमबार मुक्त गरिएको छ ।

फ्रान्स विरोधी प्रदर्शनका केही दिनपछि पाकिस्तानको लाहोर सहरमा प्रहरीलगायत अन्य केही सरकारी कर्मचारीलाई बन्धक बनाइएको थियो । उनीहरू सबैलाई आन्दोलनरत समूहसँगको छलफलपछि मुक्त गरिएको पाकिस्तानी गृहमन्त्री शेख रशिद् अहमद्ले सोमबार बिहान सञ्चारकर्मीलाई बताउनुभयो ।

तेहरिक–ए–लब्बाइक पाकिस्तान (टीएलपी) समूहले लाहोरमा गर्दै आएको आन्दोलनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको र आन्दोलनकारीले प्रहरीको एक समूहलाई बन्धक बनाई स्थानीय मश्जिद्मा राखेको थियो ।

गृहमन्त्रीले भन्नुभयो, “आन्दोलनकारीसँग सम्वाद सुरू भएको छ । पहिलो चरणको सम्वादपछि बन्धक बनाइएका प्रहरीलाई मुक्त गरिएको छ भने थप छलफलहरूको तयारी भइरहेको छ ।”

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले चार्ली हेब्दो पत्रिकालाई इस्लाम गुरू पैगम्बर मोहम्मदलाई चित्रण गर्ने कार्टुनहरू पुनः प्रकाशित गर्ने अधिकार रहेको अभिव्यक्ति दिएपछि उनीहरूले आन्दोलन गर्दै आएका हुन् । इस्लामिक उक्त समूहले फ्रान्सका राष्ट्रपतिको अभिव्यक्ति धेरै मुसलमानहरूले ईश्वरनिन्दा ठान्ने कार्य भएको ठहर गर्दै म्याक्रोँले आफ्नो भनाइप्रति आत्मआलोचना गर्नुपर्ने बताएको छ ।रासस/एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एमाले हार्नका लागि जन्मिएको पार्टी होइन, फेरि जित्छौँ : अध्यक्ष ओली
२०८३ मंग्सिर ४, शुक्रबार
सुशासन र आर्थिक रुपान्तरणबाट मुलुकमा समृद्धि आउँछ: अर्थमन्त्री वाग्ले
२०८३ मंग्सिर ४, शुक्रबार
एन्टिमाइक्रोबियल औषधिको जथाभावी प्रयोग रोक्न मन्त्री मेहताको जोड
२०८३ मंग्सिर ४, शुक्रबार
‘शिक्षा सुधारमा स्थानीय तह र समुदायको भूमिका महत्त्वपूर्ण हुन्छ’ : प्रथम राष्ट्रपति यादव
२०८३ मंग्सिर ४, शुक्रबार
आधारभूत तहका प्रहरी कर्मचारीका लागि केन्द्रीय गुनासो व्यवस्थापन डेस्क स्थापना
२०८३ मंग्सिर ४, शुक्रबार
वैशाखमा स्थानीय र मंसिरमा प्रदेशसभा निर्वाचन गर्ने आयोगको प्रस्ताव
२०८३ मंग्सिर ४, शुक्रबार
डिजिटल सुरक्षा र साक्षरता अभिवृद्धि सरकारको प्राथमिकतामाः सञ्चारमन्त्री डा तिमिल्सिना
२०८३ मंग्सिर ४, शुक्रबार