कार्तिक ८, २०८३ आइतबार October 25, 2026

मन्त्रिपरिषद हेरफेर प्रधानमन्त्रीको क्षेत्राधिकार :प्रचण्डको सचिवालय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । मन्त्रिपरिषद पुनर्गठनको सन्दर्भमा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अर्का अध्यक्ष प्रचण्डबीच कुरा समझदारी हुन बाँकी रहेको चर्चा चलिरहेका बेला प्रचण्डको सचिवालयले त्यस्ता समाचारप्रति आपत्ति प्रकट गरेको छ ।

प्रचण्डको निजी सचिवालयले मंगलबार विज्ञप्तिमार्फत मन्त्रिपरिषद फेरबदलको विषय प्रधानमन्त्रीको क्षेत्राधिकार भएको भन्दै अध्यक्ष प्रचण्डले बारम्बार त्यही कुरामा जोड दिएको जनाएको छ । सो विषय प्रधानमन्त्री केपी शर्मा ओलीको क्षेत्राधिकार भएको सचिवालयको भनाइ छ ।

मन्त्रिपरिषद पुनर्गठनका सन्दर्भमा सोमवार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा ओली र प्रचण्डबीच छलफल भएको थियो ।

यसैबीच नेकपा केन्द्रीय सचिवालयको बैठक बुधबार बस्ने भएको छ । सो बैठकपछि मन्त्रिपरिषद पुनर्गठनको टुंगो लाग्ने बताइएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रदेशसभा र प्रदेश परिषद्को अवधारणाबाट संघीयता मजबुत बनाउँछौँ : मनिष झा
२०८३ कार्तिक ८, आइतबार
अनुकूलन कोषबाट नेपालका परियोजना स्वीकृत हुनु महत्त्वपूर्ण उपलब्धि होः मन्त्री चौधरी
२०८३ कार्तिक ८, आइतबार
कङ्गोमा नेपाली महिला शान्ति सैनिकको प्रशंसा, नागरिक सुरक्षामा अनुकरणीय योगदान
२०८३ कार्तिक ८, आइतबार
भोटेकोशी बाढीमा बेपत्ता सैनिक चन्दको दुई महिनापछि कुशको शव बनाएर अन्त्येष्टि
२०८३ कार्तिक ८, आइतबार
एसिया कपमा छनोट भएका क्रिकेट टोलीलाई ३० लाख रुपैयाँ पुरस्कार दिने क्यानको घोषणा
२०८३ कार्तिक ८, आइतबार
राष्ट्रपति पौडेलद्वारा नवदुर्गा भवानीको पूजाअर्चना
२०८३ कार्तिक ८, आइतबार
अस्पतालमा बढ्दो बिरामीको चापअनुसार जनशक्ति थप्ने र भौतिक संरचना विस्तार गर्ने : स्वास्थ्यमन्त्री मेहता
२०८३ कार्तिक ८, आइतबार