असार २४, २०८२ मंगलबार July 8, 2025

कोरोना महामारीबीच वार्षिक परीक्षा सञ्चालन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः कोरोना महामारीका बीच रुकुम (पूर्व) का विद्यालयमा वार्षिक परीक्षा सञ्चालन गरिएको छ ।

जिल्लाको सिस्ने गाउँपालिकाका विद्यालयमा बिहीबारदेखि कक्षा १० को परीक्षा शुरु गरिएको हो । कक्षा १० सम्म पठनपाठन सञ्चालन हुने गरेका ९ वडाका सामुदायिक र संस्थागत विद्यालयमा परीक्षा शुरु भएको गाउँपालिकाका शिक्षा युवा तथा खेलकूद शाखाका प्रमुख मंगलसिंह बुढाले जानकारी दिनुभयो ।

सरकारले तोकेका स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर परीक्षा सञ्चालन भइरहेको उहाँले बताउनुभयो । यस्तै गाउँपालिकाका अन्य विद्यालयमा भने कक्षा १ देखि ९ सम्मको परीक्षा यही वैशाखको २२ गतेदेखि शुरु गरिने शिक्षा शाखा प्रमुख बुढाले बताउनुभयो ।

यस्तै भूमे गाउँपलिकाले पनि वैशाखको १९ गतेदेखि परीक्षा सञ्चालन गर्ने तयारी गरेको छ । कक्षा ८ बाहेक १ देखि १० कक्षासम्मको परीक्षा १९ गतेदेखि शुरु गर्ने गाउँपालिकाका शिक्षा शाखा प्रमुख कौशलकुमार तीवारीले जानकारी दिनुभयो । गाउँ शिक्षा समितिका संयोजक एवम् भूमे गाउँपालिका अध्यक्ष रामसुर बुढामगरको अध्यक्षतामा बसेको प्रधानाध्यापकहरूको बैठकले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।

यस्तै भूमे गाउँपालिका भित्रका विद्यालयमा कक्षा ८ को परीक्षा भने वैशाख २२ गतेदेखि शुरु गरिने शिक्षा शाखा प्रमुख तीवारीले बताउनुभयो । यसअघि गाउँपालिकाले वार्षिक परीक्षा वैशाख २६ गतेदेखि शुरु गर्ने निर्णय गरेको तर पछिल्लो समय कोभिडको बढ्दो जोखिमलाई मध्यनजर गर्दै छिटोछरितो सक्ने भनेर परीक्षाको मिति अघि सारिएको उहाँले बताउनुभयो ।

यस्तै पुथाउत्तरगङ्गा गाउँपालिकाले यही वैशाखको २० गतेदेखि वार्षिक परीक्षा सञ्चालन गर्ने तयारी गरेको छ । गाउँपालिकाले कक्षा १ देखि १० सम्मको परीक्षा शुरु गर्ने तयारी गरेको गाउँपालिकाका १२ नम्बर वडाध्यक्ष गङ्गाबहादुर पुनले जानकारी दिनुभयो । जिल्लामा अहिलेसम्म कोरोनाका बिरामी खासै नदेखिएको र शैक्षिक सत्र पनि सकिएकाले स्वास्थ्य मापदण्ड पालना गर्दै परीक्षा सञ्चालन गर्नु भनेर गाउँपालिकाहरूले गरेको निर्णयमा रोकतोक नलगाएको शिक्षा विकास तथा समन्वय एकाई प्रमुख तिलक गौतमले बताउनुभयो ।

यता जिल्ला कोभिड सङ्कट व्यस्थापन केन्द्र (डिसीसीएमसी) रुकुम (पूर्व)ले भने विद्यालयमा पठनपाठन स्थगन गर्ने निर्णय गरेको छ । कोरोना भाइरसको दोस्रो भेरियन्टले आक्रान्त पारिरहेको बेलामा यसको जोखिमलाई नियन्त्रण गर्न विद्यालयमा पठनपाठन स्थगित गर्ने निर्णय गरिएको हो । कोभिड सङ्कट व्यवस्थापन केन्द्रका संयोजक समेत रहनुभएका प्रमुख जिल्ला अधिकारी राजकुमार राईको अध्यक्षतामा बसेको बैठकले भौतिक रूपमा उपस्थित भएर गरिने पठनपाठन पूर्ण रूपले बन्द गर्ने निर्णय गरेको छ ।

सरकारले अहिले कोभिड सङ्क्रमणको बढ््दो जोखिमलाई मध्यनजर गर्दै सबै विद्यालयहरू बन्द गर्न निर्देशन गर्नुका साथै पूर्व निर्धारीत सबै परीक्षाहरू स्थगन गरिसकेको छ । यहाँका विद्यालयहरूमा पनि पठनपाठन स्थगन गर्ने निर्णय भएको जिल्ला प्रहरी प्रमुख गणेशबहादुर श्रेष्ठले जानकारी दिनुभयो । यस्तै बैठकले सरकारी कर्मचारीहरूलाई अन्तरजिल्ला आवतजावतमा कडाई गर्ने, साँझको ७ बजेभन्दा पछाडी बिहान ६ बजेसम्म यात्रुबाहक गाडीलाई जिल्ला प्रवेशमा निषेध गर्ने निर्णय पनि गरेको उहाँले बताउनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार
कुपोषित बालबालिका खोज्दै टीकापुर नगरपालिका
२०८२ असार २४, मंगलबार
बाढी प्रभावितको उद्धार र राहतमा जुट्न कांग्रेसको आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशूली नदीको छुट्टाछुट्टै ठाउँमा दुई शव भेटिए
२०८२ असार २४, मंगलबार