वैशाख २०, २०८१ बिहिबार May 2, 2024

इजरायलद्धारा सिरियामा क्षेप्यास्त्र हमला

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

एजेन्सी । इजरायलले सिरियामा क्षेप्यास्त्र हमला गरेको छ। इजरायली हमलाका कारण सिरियामा दुईजनाको मृत्यु भएको बताइएको छ। सिरिया सरकार र उसको गठबन्धन इरानी फौजको नेतृत्वमा रहेका दर्जनौं निशानामा क्षेप्यास्त्र हमला गरेको इजरायलले दाबी गरेको छ।

इरानी एकाईले इजरायलमा रकेटहरु प्रहार गरेको प्रतिक्रियास्वरुप ठूलो मात्रामा क्षेप्यास्त्र हमला गरेको इजरायली सेनाले दाबी गरेको छ।

सिरियाले भने इजरायली हमलाका कारण दुई सर्वसाधारणको मृत्यु भएको जिकिर गर्दै आफ्ना सेनाले राजधानी दमास्कसमाथि आएका अधिकांश क्षेप्यास्त्रलाई खसालेको बताएको छ।

सिरियाली सरकारले आफ्ना दुई नागरिकको मृत्यु भएको बताए पनि अन्य स्रोतका अनुसार मृतकको संख्या त्योभन्दा बढी छ।

स्थानीय सञ्चारमाध्यमका अनुसार राजधानी दमास्कसमा विस्फोटनका ठूला आवाज सुनिएका थिए। सामाजिक सञ्जालमार्फत सार्वजनिक भएका तस्बिरमा कैयौं क्षेप्यास्त्र दमास्कसतर्फ उडिरहेको देखिएका छन्।

सिरियाबाट उत्तरी इजरायतर्फ प्रहार गरिएका चारवटा रकेटलाई इजरायली सेनाले मंगलबार बिहान खसालेको दाबी गरिएको थियो। उसले सिरियाबाट प्रहार गरिएको रकेट आफ्नो भूमिसम्म पुग्दै नपुगेको जिकिरसमेत गरेको थियो।

सन् २०११ मा गृहयुद्ध सुरु भएदेखि इजरायलले सिरियामा सयौं पटक हवाई हमला गरिसकेको छ। उसले सिरियामा इरानी सेनाको संलग्नता रहेको र उसले लेबनानको हेजबुल्लाहलाई हतियार आपूर्ति गरिहेको भन्दै त्यस्ता हमला गर्दै आएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आगलागीले बस्ती जलेपछि गाउँ नै बिचल्लीमा
२०८१ वैशाख २१, शुक्रबार
प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट
२०८१ वैशाख २०, बिहिबार
तराईमा लु का कारण बिरामी हुनेको सङ्ख्या बढ्यो, सचेत हुन स्वास्थ्यकर्मीहरूको आग्रह
२०८१ वैशाख २०, बिहिबार
एकैपटक ४८ जना उपसचिवको सरुवा, को कहाँ पुगे ?
२०८१ वैशाख २०, बिहिबार
सुदूरपश्चिममा मुख्यमन्त्रीको विश्वासको मत सम्बन्धी प्रतिवाद गर्ने कांग्रेसको निर्णय
२०८१ वैशाख २०, बिहिबार
धनगढीबाट लागूऔषधसहित ६ जना पक्राउ
२०८१ वैशाख २०, बिहिबार
प्रतिस्पर्धात्मक जनशक्ति उत्पादनमा केन्द्रित हुन नवनियुक्त उपकुलपतिहरूलाई प्रधानमन्त्रीको निर्देशन
२०८१ वैशाख २०, बिहिबार