बैसाख ६, २०८३ आइतबार April 19, 2026

इजरायलद्धारा सिरियामा क्षेप्यास्त्र हमला

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

एजेन्सी । इजरायलले सिरियामा क्षेप्यास्त्र हमला गरेको छ। इजरायली हमलाका कारण सिरियामा दुईजनाको मृत्यु भएको बताइएको छ। सिरिया सरकार र उसको गठबन्धन इरानी फौजको नेतृत्वमा रहेका दर्जनौं निशानामा क्षेप्यास्त्र हमला गरेको इजरायलले दाबी गरेको छ।

इरानी एकाईले इजरायलमा रकेटहरु प्रहार गरेको प्रतिक्रियास्वरुप ठूलो मात्रामा क्षेप्यास्त्र हमला गरेको इजरायली सेनाले दाबी गरेको छ।

सिरियाले भने इजरायली हमलाका कारण दुई सर्वसाधारणको मृत्यु भएको जिकिर गर्दै आफ्ना सेनाले राजधानी दमास्कसमाथि आएका अधिकांश क्षेप्यास्त्रलाई खसालेको बताएको छ।

सिरियाली सरकारले आफ्ना दुई नागरिकको मृत्यु भएको बताए पनि अन्य स्रोतका अनुसार मृतकको संख्या त्योभन्दा बढी छ।

स्थानीय सञ्चारमाध्यमका अनुसार राजधानी दमास्कसमा विस्फोटनका ठूला आवाज सुनिएका थिए। सामाजिक सञ्जालमार्फत सार्वजनिक भएका तस्बिरमा कैयौं क्षेप्यास्त्र दमास्कसतर्फ उडिरहेको देखिएका छन्।

सिरियाबाट उत्तरी इजरायतर्फ प्रहार गरिएका चारवटा रकेटलाई इजरायली सेनाले मंगलबार बिहान खसालेको दाबी गरिएको थियो। उसले सिरियाबाट प्रहार गरिएको रकेट आफ्नो भूमिसम्म पुग्दै नपुगेको जिकिरसमेत गरेको थियो।

सन् २०११ मा गृहयुद्ध सुरु भएदेखि इजरायलले सिरियामा सयौं पटक हवाई हमला गरिसकेको छ। उसले सिरियामा इरानी सेनाको संलग्नता रहेको र उसले लेबनानको हेजबुल्लाहलाई हतियार आपूर्ति गरिहेको भन्दै त्यस्ता हमला गर्दै आएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रियसभाका अध्यक्ष दाहाल र टर्किस सभामुख नुमानबिच शिष्टाचार भेटवार्ता
२०८३ बैसाख ६, आइतबार
मुलुकको आर्थिक समृद्धिका लागि होटल व्यवसायीको महत्त्वपूर्ण भूमिका छः महामन्त्री घिमिरे
२०८३ बैसाख ६, आइतबार
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
२०८३ बैसाख ६, आइतबार
वीरगन्जमा अतिक्रमित संरचना भत्काउन सुरु
२०८३ बैसाख ६, आइतबार
होर्मुजमा पुनः तनाव, अन्तिम सम्झौता अझै टाढा
२०८३ बैसाख ६, आइतबार
नारायण तिवारीको कथासङ्ग्रह ‘जङ्गबहादुर पनि हाँस्छ ?’ सामूहिक लोकार्पण
२०८३ बैसाख ६, आइतबार
नागेश्वर सामुदायिक वन, योजना अभावमा ओझेलमा
२०८३ बैसाख ६, आइतबार