असार २८, २०८२ शनिबार July 12, 2025

भारतीय बिधान सभा निर्बाचन: पश्चिम बङ्गालमा बनर्जीको पार्टीलाई बहुमत, भाजपा दोस्रो स्थानमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः भारतको पश्चिम–बंगालमा ममता बेनर्जीको तृणमूल कंग्रेस अत्याधिक बहुमत आउने प्रारम्भिक नतिजाले देखाएको छ । आइतबारसाँझसम्म घोषित पहिलो दुई सीटमा तृणमुल कङ्ग्रेसकी नेतृ ममता बेनर्जी र उहाँकै दलका अर्का एक नेता बिजयी भइसकेका छन् । यद्यपि यसको औपचारिक घोषणा भने भइसकेको छैन ।

पश्चिम बंगालका अतिरिक्त एक केन्द्र प्रशासितसहित पाँच राज्यमा भएको विधान सभा निर्वाचनको मतगणना भइरहेको हो । नयाँ नेतृत्वका लागि गत मार्च र अप्रिलमा विभिन्न चरणमा केरला, तमिलनाडु, पश्चिम बंगाल, असम र पाँडेचरीमा निर्वाचन गरिएको थियो ।

पश्चिम बङ्गलाको नन्दीग्राम क्षेत्रबाट करिब एक हजार २०० मत अन्तरले बनर्जीले बिजयी हुनुभएको छ ।  बनर्जीको दलले बाँकी २०८ क्षेत्रमा अग्रता कायम गरेको छ भने केन्द्र सरकारको नेतृत्व गरेको प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टीले ७९ स्थानमा अग्रता कायम गरेको छ । अरु दलको उपस्थिति नगन्य देखिएको छ । कुनै बेला राज्यको निरन्तर नेतृत्व गरेका वामपन्थी दलले जम्मा एक सीटमा अग्रता देखिएको छ ।

पश्चिम बङ्गालमा पाँच वर्ष पहिले निकै कम सीट ल्याएको भाजपाले यसपटकको निर्वाचनमा निकै सुधार गरेको देखिएको छ । यद्यपि भाजपाले बनर्जीको दललाई पछि पार्न लगाएको परिश्रम भने निरर्थक हुने देखिएको छ । सन् २०१६ मा जम्मा तीन सिटमा समेटिएको भाजपाले ७५ सिट वरपर जित्नसक्ने देखिएको छ ।

यहाँबाट अघिल्लो निर्वाचनमा ४४ सीट जितेको विपक्षी भारतीय काँग्रेसले आइतबारसम्ममा एक सिटमा मात्र अग्रता कायम गरेको छ । त्यसैगरी, अघिल्लो चुनावमा २६ सिट जितेको कम्युनिष्ट पार्टी अफ इन्डिया (माक्र्सवादी) पनि एक सिटमा समेटिने देखिँएको छ ।

तमिलनाडुको २३४ सदस्यीय विधान सभामा प्रतिपक्षी ड्रभिडा मुन्नेत्र काझागम (डिएमके) ले १२९ स्थानमा अग्रता लिँदा सत्तारूढ एआइएडिएमकेले ९० स्थानमा अग्रता लिएको छ । केरलाको १४० सिटको विधानसभामा मुख्यमन्त्री पिनरई विजयन नेतृत्वको वामपन्थी प्रजातान्त्रिक मोर्चाको अग्रता देखिएको छ ।

असमको १२६ सदस्यीय विधान सभाका लागि भएको निर्वाचनमा सत्तारूढ भारतीय जनता पार्टीले ७३ स्थानसहित सरकार बनाउने हैसियतमा देखिँदैछ । केन्द्र प्रशासित पाँडेचरीको ३० सिटमा भने भाजपा १६ र कंग्रेस आई १२ स्थानमा अगाडि छन् । (रासस-एएनआई)

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तीन करोडको लागतमा नदी नियन्त्रण योजना सम्पन्न
२०८२ असार २८, शनिबार
रत्ननगर आयुर्वेद अस्पताल : सेवा लिनेमा पुरुष भन्दा महिलाको सङ्ख्या धेरै
२०८२ असार २८, शनिबार
एक अर्ब ३७ करोडको ब्याग, जाे हालै एक जापनीले लिलामीमा लिए
२०८२ असार २८, शनिबार
मासुजन्य उत्पादनमा पशुपालक किसानलाई नगद अनुदान
२०८२ असार २८, शनिबार
सिमलताल घटनाको एक वर्ष : अझै पत्तो छैन ३९ यात्रुको अवस्था
२०८२ असार २८, शनिबार
बाख्रापालनमा जमेका चन्द दम्पती
२०८२ असार २८, शनिबार
विवेकभन्दा आवेग हाबी हुँदा संसदमा अवरोध र बहिष्कार प्रवृत्ति बढेका हुन् : विश्वप्रकाश शर्मा (अन्तवार्ता)
२०८२ असार २८, शनिबार