जेठ ६, २०८१ आइतबार May 19, 2024

अफगानिस्तानको पश्चिमी फराह प्रान्तमा २० सैनिक मारिए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः पश्चिमी फराह प्रान्तको बालाब्लोक क्षेत्रमा सोमबार सैन्य चौकीमा अफगानी विद्रोही समूहले आक्रमण गर्दा २० सैनिकको मृत्यु भएको छ ।

घटनाको प्रान्तीय परिषद्का उपप्रमुख खैर मोहम्मद नोर्जाइले पुष्टि गर्नुभएको छ । यद्यपि घटनामा भएको मृत्यु र घाइतेबारे फरक फरक भनाइहरू सार्वजनिक भएका छन् ।

तालिबान लडाकूले सुरुङ्गको प्रयोग गरी बालाब्लोक जिल्लाको सैन्य चौकीमा सोमबार बिहानको समयमा विस्फोट गराएका नोर्जाइलाई उद्धृत गरी चिनियाँ समाचार संस्था सिन्ह्वाले उल्लेख गरेको छ । विस्फोटपछि सैनिक र विद्रोहीबीच दोहोरो झडप भएको र कैयौँ घाइते भएका एक प्रत्यक्षदर्शीले सिन्ह्वालाई बताए । घाइतेमध्ये धेरैको अवस्था गम्भीर रहेको बताउँदै नोर्जाइले उक्त घटनाका कारण ज्यान गुमाउने व्यक्तिको सङ्ख्या बढ्नसक्ने जानकारी दिनुभयो ।

यसै बीच, फराह प्रान्तका गभर्नर ताज मोहम्मद जाहेदले घटनाको पुष्टि गर्दै भन्नुभयो,  “घटना बालाब्लोक जिल्लाको शिवान इलाकामा भएको र सोमबार बिहान सैन्य चौकीमा विस्फोट गराएपछि कम्तीमा छ सैनिकको मृत्यु भएको एक सैनिक सम्पर्कबिहीन रहेका छन् । ”

जाहेदका अनुसार घटनामा आक्रमणकारी तालिवान समूहका कम्तीमा १० लडाकू मारिएका र कैयौँ घाइते भएका छन् । तर फराह प्रान्तीय परिषद्का पूर्व सदस्य मसूद बख्तावारले सेनाको शिविरमा रहेका सबै ३० सैनिक मारिएको बताउनुभयो ।

फराह प्रान्तका प्रहरी वा सेनाका अधिकारीहरूले घटनाबारे अझै कुनै टिप्पणी गरिसकेका छैनन् ।  (रासस-एएनआई-सिन्ह्वा)

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
संसदीय छानबिन समिति नबनेसम्म प्रधानमन्त्रीलाई विश्वासको मत लिन दिन्नौं : गगन थापा
२०८१ जेठ ६, आइतबार
यान्त्रिक चेकिङ्गमा ७४ जना चालक कारबाहीमा
२०८१ जेठ ६, आइतबार
प्रतिनिधिसभाको बैठक स्थगित, अर्को बैठक भोलि बस्ने
२०८१ जेठ ६, आइतबार
टीकापुरका तत्कालीन मालपोत र नापीप्रमुखसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२०८१ जेठ ६, आइतबार
प्रधानमन्त्रीले लिने विश्वासको मतमा जसपा सांसद सहभागी नगराउन उपेन्द्रको सर्वोच्चमा रिट
२०८१ जेठ ६, आइतबार
राष्ट्रिय सभाको बैठक भोलिसम्मका लागि सर्यो
२०८१ जेठ ६, आइतबार
रुसले युक्रेनमा आक्रमण बढाउन सक्ने जेलेन्स्कीको आकलन
२०८१ जेठ ६, आइतबार