असार २८, २०८२ शनिबार July 12, 2025

रुसी खोप ‘स्पुत्निक-भी’ को एकै मात्रा लगाए पुग्ने निर्माताको दावी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले रूसमा निर्माण गरिएको कोभिड–१९ विरुद्धको खोप, स्पुत्निक–भी कोभिड–१९ सङ्क्रमण नियन्त्रणमा निकै प्रभाबकारी रहेको दावी गरेका छन्। उनले स्पुत्निक–भीलाई रूसी प्रसिद्ध हतियार ‘कलाश्निकोभ राइफल जत्तिकै भरपर्दो’ भनी प्रशंसा गरेका छन्।

उपप्रधानमन्त्री तात्याना गोलिकोभाका साथ गरिएको एक भिडिओ कन्फरेन्समा बिहीवार बोल्दै उनले खोपबारे उक्त भनाइ राखेका हुन् ।

रूसी स्वास्थ्य अधिकारीहरूले बिहीवार रुसमा निर्मित स्पुत्निक लाइट (स्पुतनिक–भी) कोभिड–१९ विरुद्धको खोपको एक मात्रा मात्रै लगाए पुग्ने संस्करण दर्ता गरेका बेला त्यस्तो टिप्पणी आएको हो । विश्वमा निर्मित अन्य खोपको दुई मात्रा लगाउनु पर्ने नै भएपनि स्पुत्निकको एकै मात्राले कोभिड–१९ उपचारमा निकै सफलता पाएको बताइएको छ ।

स्पुत्निक–भी खोप अक्सफर्ड र अस्ट्राजेनेका तथा जनसन एण्ड जनसन ले तयार पारेका खोप बराबर नै प्रभावकारी रहेको रूसको दावी छ । त्यसमा कोल्ड–टाइप भनिने निष्क्रिय तुल्याइएको भाइरसको प्रयोग हुन्छ जुन भाइरसले कोरोना भाइरसको सूक्ष्म अंश मानिसको शरीरमा प्रवेश गराउने वाहकको रूपका काम गर्छ ।

रूसले स्पुतनिक लाइटलाई उक्त खोपको दुई मात्रा लगाउनुपर्ने प्रकारले हाल संसारका एक दर्जनजति देशमा आपत्कालीन प्रयोगका लागि अनुमति पाइसकेको छ । स्पुतनिक लाइट भनिएको खोपको एक मात्रा मात्रै लगाए पुग्ने प्रकारको प्रयोगलाई रुसमा बिहीवार औपचारिक अनुमित दिइएको थियो ।

एउटा प्रेस विज्ञप्तिमा स्पुत्निक खोपसम्बद्ध अधिकारीले बताए, “स्पुतनिक लाइट खोपको देशमा गरिएको परीक्षणका क्रममा ७९.४५ प्रभावकारिता देखिएको छ । ‘एक मात्रा मात्रै लगाए पुग्ने खोपको यो प्रकारले छोटो समयमा जनसङ्ख्याको ठूलो हिस्सालाई खोप लगाउन सकिन्छ र यसबाट जटिल चरणमा प्रवेश गरेको महामारीविरुद्ध लड्न सघाउ पुग्नेछ,’ उक्त विज्ञप्तिमा भनिएको छ । – एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तीन करोडको लागतमा नदी नियन्त्रण योजना सम्पन्न
२०८२ असार २८, शनिबार
रत्ननगर आयुर्वेद अस्पताल : सेवा लिनेमा पुरुष भन्दा महिलाको सङ्ख्या धेरै
२०८२ असार २८, शनिबार
एक अर्ब ३७ करोडको ब्याग, जाे हालै एक जापनीले लिलामीमा लिए
२०८२ असार २८, शनिबार
मासुजन्य उत्पादनमा पशुपालक किसानलाई नगद अनुदान
२०८२ असार २८, शनिबार
सिमलताल घटनाको एक वर्ष : अझै पत्तो छैन ३९ यात्रुको अवस्था
२०८२ असार २८, शनिबार
बाख्रापालनमा जमेका चन्द दम्पती
२०८२ असार २८, शनिबार
विवेकभन्दा आवेग हाबी हुँदा संसदमा अवरोध र बहिष्कार प्रवृत्ति बढेका हुन् : विश्वप्रकाश शर्मा (अन्तवार्ता)
२०८२ असार २८, शनिबार