असार २८, २०८२ शनिबार July 12, 2025

पाकिस्तानी राष्ट्रपतिद्वारा विद्युतीय मतदानको अनुमति

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः पाकिस्तानका राष्ट्रपति आरिफ अल्भीले संसदको निर्वाचनमा विद्युतीय मेसिनको प्रयोग सम्बन्धी एउटा कानुनमा हस्ताक्षर गर्नु भएको छ ।

साथै विदेशमा रहेका पाकिस्तानी नागरिले पनि देशको संसदीय चुनावमा मतदान गर्न पाउने विधेयकलाई मञ्जुरी दिनु भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा पाकिस्तानी निर्वाचन आयोगलाई आमनिर्वाचनको प्रयोजनका निम्ति विद्युतीय मतदान मेसिन खरिद गर्न सक्ने अख्तियारी दिइएको उल्लेख छ ।

निर्वाचन सम्बन्धी कानुनमा गरिएको संशोधन बमोजिम अबका दिनहरुमा पाकिस्तानमा हुने संसदको निर्वाचन र उपचुनावमा विदेशमा रहेबसेका पाकिस्तानी नागरिकलाई मतदानको अधिकार हुनेछ ।

संशोधित निर्वाचन सम्बन्धी कानुनमा भनिएको छ, “निर्वाचन आयोगले राष्ट्रिय तथ्याँक तथा दर्ता निकाय वा अन्य सरकारी निकायसँग प्राविधिक सहायता लिएर निर्वाचनका समयमा मतदानको व्यवस्था गर्न सक्नेछ ।”

प्रधानमन्त्री इमरान खानको मन्त्रिपरिषदले मतदानको अधिकार सम्बन्धी अध्यादेश जारी गरेको हो ।

यसअघि पनि कानुनमा केही व्यवस्था गरेर मतदानको अधिकार, विद्युतीय मतदान मेसिनको प्रयोग तथा बायोमेट्रिक परीक्षण मेसिनको प्रयोगलाई नमुनाका रुपमा उपनिर्वाचनमा प्रयोग गरिएको थियो ।  (रासस/सिन्ह्वा)

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तीन करोडको लागतमा नदी नियन्त्रण योजना सम्पन्न
२०८२ असार २८, शनिबार
रत्ननगर आयुर्वेद अस्पताल : सेवा लिनेमा पुरुष भन्दा महिलाको सङ्ख्या धेरै
२०८२ असार २८, शनिबार
एक अर्ब ३७ करोडको ब्याग, जाे हालै एक जापनीले लिलामीमा लिए
२०८२ असार २८, शनिबार
मासुजन्य उत्पादनमा पशुपालक किसानलाई नगद अनुदान
२०८२ असार २८, शनिबार
सिमलताल घटनाको एक वर्ष : अझै पत्तो छैन ३९ यात्रुको अवस्था
२०८२ असार २८, शनिबार
बाख्रापालनमा जमेका चन्द दम्पती
२०८२ असार २८, शनिबार
विवेकभन्दा आवेग हाबी हुँदा संसदमा अवरोध र बहिष्कार प्रवृत्ति बढेका हुन् : विश्वप्रकाश शर्मा (अन्तवार्ता)
२०८२ असार २८, शनिबार