असार २८, २०८२ शनिबार July 12, 2025

साइबर आक्रमणका कारण एअर इण्डियाको ४५ लाख ग्राहकको डाटा प्रभावित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः भारतको सरकारी स्वामित्वको एअर इण्डियाले आफ्ना डाटा सर्भरमा साइबर आक्रमण भएको बताएको छ ।

साइबर आक्रमणका कारण विश्वमा रहेका आफ्ना झण्डै ४५ लाख ग्राहकको डाटा प्रभावित भएको एअर इण्डियालाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

कम्पनीले राहदानी, हवाइ टिकटबारे सूचना अनि क्रेडिट कार्ड डाटा लगायतका विवरण प्रभावित भएको जनाएको छ । तर क्रेडिट कार्डबारे विवरण निसानामा परेका सर्भरमा नराखिएको कम्पनीले जनाएको छ ।

कम्पनीले फेब्रुअरी महिनामा साइबर आक्रमण बारे जानकारी पाएको पनि उल्लेख गरेको छ । साइबर आक्रमण कसले गर्यो भन्ने बारे केही खुलेको छैन ।

स्टार अलाएन्स नेटवर्कको सदस्यसमेत रहेको एयर इण्डियाले सन् २०११ को अगस्ट २६ देखि सन् २०२१ को फेब्रुअरी २० तारिखसम्ममा दर्ता भएका सबै जानकारी चुहिएको जनाएको छ । एअर इण्डियाले सबै ग्राहकहरूलाई उसको वेबसाइटको पासवर्ड फेर्न पनि आग्रह गरेको छ । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया