असार २८, २०८२ शनिबार July 12, 2025

पाकिस्तानमा भोलिदेखि खोपका लागि नाम दर्ता शुरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः पाकिस्तानमा भोलि बिहीबारदेखि कोरोनाभाइरस विरुद्धको खोप लगाउन नाम दर्ता शुरु गरिने भएको छ ।

कोरोनाभाइरसको तेस्रो चरणको महामारीमा मानवीय क्षति न्यूनिकरण गर्ने उद्देश्यले खोप लगाउने अभियान शुरु गर्न लागिएको सरकारी उच्च अधिकारीले बताएका छन् ।

पाकिस्तानका केन्द्रीय योजना, विकास मन्त्री असद उमारले बिहीवारदेखि कोरोना विरुद्धको खोप लगाउनका लागि नामावली दर्ता गराउन थालिने बुधबार जानकारी दिए ।

सामाजिक सञ्जाल ट्वटरमार्फत उनले नेस्नल कमाण्ड तथा अपरेसन सेन्टर (एनसीओसी)ले नामावली दर्ता गराउने जानकारी दिएका हुन् ।

“एनसीओसीको आजको बैठकले भोलि बिहीबारदेखि नाम दर्ताशुरु गर्ने निर्णय गरेको छ,” उनले ट्वीटरमा लेखेका छन् । खोप १९ वर्ष वा सोभन्दा माथिका सबैलाई लगाउने योजनाअनुसार सोही उमेर समूहका व्यक्तिको मात्रै नाम दर्ता गराइने उनले बताएका छन् ।

खोप अभियानले कोरोनाभाइरसबाट हुने क्षति न्यूनिकरण गर्न धेरै सहयोग गर्ने सरकारी अधिकारीले विश्वास व्यक्त गरेका छन् । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया