असार २१, २०८२ शनिबार July 5, 2025

सिन्धुली कांग्रेसका पूर्वसभापति खतिवडाको हृदयघातबाट मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सिन्धुली । नेपाली कांग्रेस सिन्धुलीका पूर्वसभापति तथा महासमिति सदस्य रंगराज खतिवडाको हृदयघातका कारण मृत्यु भएको छ । काठमाडौंबाट सिन्धुलीतर्फ आउँदै गरेका खतिवडालाई बाटोमा हृदयघात भएको परिवार तथा पार्टी स्रोतले जनाएको छ ।

सोमबार बिहान गाडीमै हृदयघात भएपछि भक्तपुरस्थित नागरिक अस्पतालमा उपचारका लागि लगिए पनि अस्पतालले खतिवडालाई मृत घोषणा गरेको नेपाली कांग्रेस सिन्धुलीका नेता माणिक ढकालले बताएका छन ।

खतिवडा पञ्‍चायत तथा प्रजातान्त्रिक आन्दोलनका अगुवा नेताका रुपमा परिचित छन् । खतिवडा २०५१ सालदेखि २०५३ सम्म र २०६१ देखि २०६६ सम्म गरी दुईपटक नेपाली कांग्रेस सिन्धुलीको सभापति भएका थिए । सानै उमेरदेखि राजनीतिमा सक्रिय हुने खतिवडाले नेपाली कांग्रेसको राजनीतिमा जिल्ला सदस्य, कोषाध्यक्षहुँदै दुई कार्यकाल सफल सभापतिको रुपमा जिम्मेवारी पूरा गरेका थिए । उनको कार्यकालमा नेपाली कांग्रेसले जिल्लामा विचार र संगठका दृष्टिले समेत उचाई लिएको थियो,ढकालले भने ।

२००० साल वैशाख १ गते कमलामाई नगरपालिका १ डाँडीगुराँसेमा जन्मिएका खतिवडाको ७६ वर्षको उमेरमा मृत्यु भएको हो । खतिवडाका श्रीमति, पाँच छोरा र तीन छोरी छन् । खतिवडाको पार्थीव शरीरलाई बुधबार पार्टी कार्यालय धुरामा श्रद्धान्र्जलीका लागि राखिएको थियो भने उनको आझै अन्त्येष्ठी गरिने बताइएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रुसी आक्रमणपछि ट्रम्पद्वारा नयाँ प्रतिबन्धको सङ्केत
२०८२ असार २१, शनिबार
शान्ति स्थापनाका लागि वार्ता गर्न तयार छौंः हमास
२०८२ असार २१, शनिबार
‘कुलिङ पिरियड’ प्रकरण : सात सदस्यीय छानबिन समिति बनाउन दलहरु राजी
२०८२ असार २१, शनिबार
वीरगञ्ज नाका : भटमासको कच्चा तेल आयात ५२ अर्ब बढी, निर्यात ५५ अर्ब
२०८२ असार २१, शनिबार
‘भुटान पिपुल्स पार्टी गिरिजाबाबुले खडा गर्नुभएको हो’ : डा. शेखर कोइराला
२०८२ असार २१, शनिबार
प्रतिकुलता, असहजता, विघ्नवाधामा अनुकूलता खोज्न जरुरी : प्रधानन्यायाधीश राउत
२०८२ असार २१, शनिबार
विवेकशील साझा पार्टीको कार्यवाहक अध्यक्षमा परियारलाई जिम्मेवारी
२०८२ असार २१, शनिबार