बैसाख २६, २०८३ शनिबार May 9, 2026

डिलिट गरेको फाइल कसरी रिकभर गर्ने ? टिप्स सहित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः कुनै फाइल तपाईले झुक्किएर डिलिट गरिदिनुभयो वा फाइलको कुनै भाग डिलिट भएमा एकदमै दिक्क लाग्ने गर्छ । धेरैजस्तो बेला यस्तो भएमा फाइल ‘रिसाईकल बिन’ मा बसिरहेको हुन्छ । त्यही कारणले सबैभन्दा पहिले रिसाईकल बिनमा नै खोज्नुपर्छ ।

रिसाईकल बिनमा डबल क्लिक गरेर भित्र केके छ भनेर थाहा हुन्छ । यसपछि सामान्यतया त्यो फाइललाई डेक्सटपमा ड्रयाग गरेपछि त्यो फाइल पुनः प्रयोग गर्न सकिन्छ ।

फाइल हिस्ट्री प्रयोग गरेर डिलिट गरेको फाइल कसरी रिकभर गर्ने ? 

ब्याकअप अन नगरेको खण्डमा फाइल हिस्ट्री ब्याकअप प्रयोग गरेर पनि फाइल रिकभर गर्न सकिन्छ । यदि अन गर्नुभएको छैन् भनेर तलको प्रक्रिया प्रयोग गर्न सक्नुहुनेछ ।

तपाईको पिसीमा विन्डोज टेन चलिरहेको भएमा स्टार्ट बटन सेलेक्ट गर्ने र सेटिङ्गमा थिचेर अपडेट एण्ड सेक्युरिटी भन्ने अप्सनमा थिच्नुपर्छ । यसपछि ब्याकअप भन्ने अप्सनमा थिच्ने र त्यहाँ आड अ ड्राइभ भन्ने अप्सन आउँछ र त्यसमा थिच्ने । यति गरेपछि ब्याकअपका निम्ति  एक्सटर्नल ड्राइभर वा नेटवर्क लोकेसन छान्नुपर्छ ।

अब महत्वपूर्ण फाइल वा फोल्डर रिस्टोर गर्न के गर्ने त ? 

१. सर्वप्रथम टास्कबारको सर्च बक्समा गएर रिस्टोर फाइल्स भनेर टाइप गर्नुपर्छ । त्यसपछि ‘रिस्टोर योर फाइल्स विथ फाइल हिस्ट्री’ भन्ने अप्सनमा थिच्नुपर्छ ।

यति गरेपछि आफूलाई चाहिएको फाइल खोज्ने र त्यहाँ एउटा एरो पनि हुन्छ जसले त्यो फाइलको सबै भर्सनहरु ह्ेर्न दिन्छ । आफूलाई मनपर्ने भर्सन पाएपछि र्सिटोरमा थिचेर पहिलेको ठाउँमा सेभ गर्न सकिन्छ ।

छुट्टै ठाउँमा सेभ गर्नुपरेमा रिस्टोर अप्सनलाई एकछिन सम्म थिचिरहने र त्यसपछि त्यहाँ रिस्टोर टू भन्ने अप्सन आउँछ र नयाँ लोकेसन छान्न सकिन्छ ।

ब्याकअप नभएमा के गर्ने त ? 

तपाईसँग कुनै ब्याकअप छैन् र तपाईको फाइल पनि ट्रयासमा छैन् भने तपाईले विभिन्न फाइल रिकभरी प्रोग्रामहरु प्रयोग गर्न सक्नुहुन्छ । उदाहरणका लागि पिरिफर्म रेकुभा वा स्टेलार डेटा रिकभर जस्ता रिकभरी प्रोग्रामहरु हुने गर्दछन् ।

पहिले म्याकको लागि रहेको तर अहिले विन्डोजमा पनि उपलब्ध रहेको डिस्क ड्रिल पनि एउटा राम्रो विकल्प हो । यसले आदि लेखेको हराएको फाइल, हार्ड ड्राइभ रिर्फम्याटिङ, बुट अप गर्न नसकेको, झुकेर डिलिट गरेको जस्तो समयमा एकदमै मद्दत पु¥याउने गर्दछ ।

अर्काे विकल्प खोज्नुपर्दा के त्यो फाईल तपाईले कसैलाई ईमेल गर्नुभएको थियो की भन्ने पनि सम्भावना हेर्नुपर्छ । ड्रपबक्स, आईक्लाउड वा स्काईड्राईभमा फाइलको कपी सेभ गरेको छ की भनेर पनि एकपल्ट हेर्दा राम्रो हुन्छ । तर ब्याकअप राख्न भने सबैभन्दा महत्वपूर्ण स्टेप हो । – आईसिटीसमाचार

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख १२ हजार राजस्व सङ्कलन
२०८३ बैसाख २६, शनिबार
कङ्गोको द्वन्द्वग्रस्त क्षेत्रमा नागरिक असुरक्षा बढ्दो
२०८३ बैसाख २६, शनिबार
सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदका लागि दरखास्त आह्वान
२०८३ बैसाख २६, शनिबार
बुद्धका शिक्षासँग जेनेभा महासन्धिको सम्बन्धबारे जेनेभामा उच्चस्तरीय विमर्श
२०८३ बैसाख २६, शनिबार
विपद् जोखिम न्यूनीकरणका लागि प्रहरी तयारी अवस्थामा
२०८३ बैसाख २६, शनिबार
नेपालगन्ज १० म्युजिक नाइट रनमा सेनाका अक्कल र धादिङकी सन्तोषी च्याम्पियन
२०८३ बैसाख २६, शनिबार
बर्डफ्लुले ५० लाखको क्षति: अनुसन्धान फार्मका सबै पन्छी नष्ट
२०८३ बैसाख २६, शनिबार